Advertisement

दोधारा चाँदनीका मेयर लिम्बु र भारतको बिद्यान सभा सदस्य कापडी बिच भेट

दोधारा । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु र भारत (उत्तराखण्ड) बिद्यान सभा सदस्य भुवन कपाडी बिच भेटवार्ता भएको छ् । भारत, उत्तराखण्ड, खटिमामा दोधारा चाँदनी नगरपालिकाको मेयर किशोर कुमार लिम्बु र भारत (उत्तराखण्ड) खटिमा बिद्यान सभाका सदस्य तथा भारतिय काग्रेंसका प्रदेश अध्यक्ष भुवन कपाडीको बिच भेट भएको हो । भारत (उत्तराखण्ड) खटिमा बिद्यान सभाका सदस्य भुवन कपाडीको आमन्त्रणमा भारत, उत्तराखण्ड, खटिमामा दोधारा चाँदनी मेयर किशोर कुमार लिम्बुको बिच शनिवार भेटवार्ता भएको हो । भेटमा दोधारा चाँदनी नगरपालिका खुला सिमा रहेको हुदा सिमा क्षेत्रमा बेलाबखत भारतिय पक्षले गर्दै आएको बिषयमा बिद्यान सभा सदस्य कपाडी बिच छलफल भएको थियो । बेलाबखत भारतिय सिमा सुरक्षा बल (एसएसबी) ले सिमा क्षेत्रमा गर्दै आएको अनावश्यक बखेडाको बिषयमा छलफलको बिषय बनेको बताईएको छ् ।

सिमा क्षेत्रमा भारतिय पक्षबाट औषधी उपचार गर्न भारत जादा आवत जावतमा समय समयमा रोकटोक लगाउदै आएको लगाएत सिमा क्षेत्रको समसायिक बिषयमा समेत छलफल गरिएको थियो । दुबै पक्षबाट सिमा क्षेत्रमा कसरी शान्ती सुरक्षा कायम गर्न सकिन्छ भन्ने बिषयमा आ–आफ्नो तर्फबाट प्रयास गर्ने समेत प्रतिबद्धता जाहेर गरेका छन् । सिमा क्षेत्रमा बेला बखत हुने असुरक्षालाई सबै पक्षले मिलेर न्युनिकरण गर्न चाडै स्थानिय स्तरमा दुबै देशका सुरक्षा अधिकारी, जनप्रतिनिधी तथा स्थानियहरु सम्मलित समन्वयत्मक बैठक संचालन गर्ने भेटमा बताईएको छ् । बैठकमा दोधारा चाँदनी नगरपालिका संग जोडिएको सिमा क्षेत्रमा शान्ती सुरक्षा कसरी कायम राख्न सकिन्छ भन्ने समन्वत्मक बैठकको मुल उद्धश्य रहने बताईएको छ् ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले भारत संग जोडिएको सिमा क्षेत्रलाई कसरी शान्तीमय बनाउन सकिन्छ भन्ने बिषयमा आजको भेटघाट भएको बताएका छन् । भारत (उत्तराखण्ड) बिद्यान सभा सदस्य भुवन कपाडीले समेत सिमा क्षेत्रमा शान्ती कायम राख्न चाँसो राखेको उहाँले बताउनुभएको छ् ।

दुबै पक्षले भेटघाट अर्थपुर्ण रहेको बताएका छन् । यस्तै भेटमा ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै आएको महाकाली नदी र जगबुडा नदीको बाढीले गरेको क्षतीमा समेत छलफलको बिषय बनेको बताईएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

खडक बहादुर काेली महेन्भिद्रनगर - भीमदत्त  नगरपालिकाकी उप प्रमुख निलम लेखक जोशीले  माता तीर्थ औँसी अथवा आमाको मुख हेर्ने दिनकाे ...
सार्वजनिक खरिद ऐन संशोधनका लागि कञ्चनपुर निर्माण व्यवसायी संघद्वारा सुझाव समिति गठन

सार्वजनिक खरिद ऐन संशोधनका लागि कञ्चनपुर निर्माण व्यवसायी संघद्वारा सुझाव समिति गठन

महेन्द्रनगर– निर्माण व्यवसायी संघ कञ्चनपुरले सार्वजनिक खरिद ऐन ०६३ सशोधनका लागि सुझाव संकलन समिति गठन गरेको छ । नेपाल निर्माण व्यव...
भीमदत्तद्धारा शिक्षक दरबन्दी मिलान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन, एकलाई अपग्रेड ६ लाई मर्ज गर्ने सुझाव

भीमदत्तद्धारा शिक्षक दरबन्दी मिलान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन, एकलाई अपग्रेड ६ लाई मर्ज गर्ने सुझाव

महेन्द्रनगर–भीमदत्त नगरपालिकाले शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन तथा विद्यालय व्यवस्थापन सम्बन्धी कार्य गर्न गठन गरेको उच्च ...
इन्धनकाे मूल्य वृद्धिले निर्माण उद्योगमा ‘आपतकाल’ घोषणाको माग

इन्धनकाे मूल्य वृद्धिले निर्माण उद्योगमा ‘आपतकाल’ घोषणाको माग

महेन्द्रनगर - पेट्राेलियम पदार्थकाे मूल्य बढेकाे भन्दै कञ्चनपुरका निर्माण व्यवसायीहरूले उद्योगमा ‘आपतकाल’ घोषणाको माग गरेका छन् । ...
दैजी-जोगबुडा सडक निर्माण गर्न यस्तो आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडि लाश प्रदर्शन

दैजी-जोगबुडा सडक निर्माण गर्न यस्तो आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडि लाश प्रदर्शन

महेन्द्रनगर - दैजी जोगबुडा सडकको दैजी देखि लिपन सम्मको सडकखण्ड निर्माण सम्झौता भएको आठ वर्ष बितेपनि कालोपत्रे नबनेपछि मुख्यमन्त्री...
महेन्द्रनगरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

महेन्द्रनगरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

महेन्द्रनगर - महेन्द्रनगरमा एमाले र नेपाली कांग्रेसले संयुक्त प्रदर्शन गरेका छन् । पूर्व प्रधानमन्त्री एबं नेकपा ...
एमालेका २३ जनसंगठनको चेतावनी : कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण, कार्यान्वयन भए प्रतिरोध हुन्छ

एमालेका २३ जनसंगठनको चेतावनी : कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण, कार्यान्वयन भए प्रतिरोध हुन्छ

काठमाडौं- नेकपा एमाले सम्बद्ध २३ वटा जनसंगठनहरुले सरकारले गौरीबहादुर कार्की आयोगले तयार गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय आ...
४३औ प्रधानमन्त्री शाहको जीवनी यस्तो छ

४३औ प्रधानमन्त्री शाहको जीवनी यस्तो छ

महेन्द्रनगर – नेपालका ४३औँ प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) आयुर्वेदिक चिकित्सक रामनारायण शाह र धु्रवादेवी शाहका सुपुत्र हुन्। उ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज