नयाँ खबर
महेन्द्रनगर–सूर्योदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ । बिहिबार भीमदत्त नगरपालिका १८ जानकीटोलस्थीत आफ्नै सभाहलमा सस्थाका अध्यक्ष ईश्वरी प्रसाद खरेलको अध्यक्षता एवं जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । साधारण सभामा सुदूरपशिचम प्रदेश सरकारका निती योजना आयोगका सदस्य डा. हिरा चन्द विशिष्ठ अतिथि रहेका थिए ।

संस्थाको बार्षिक प्रगति प्रतिवेदन सस्थाका अध्यक्ष ईश्वरी प्रसाद खरेलले प्रस्तुत गरेका छन् । उनले प्रस्तुत गरेको संस्थाको बार्षिक प्रगति प्रतिवेदनमा बचतकर्ताहरुमा लगानि बृद्धि गरीको देखिनुका साथै शेयरपुजी पनि बृद्धि भएको देखाएको छ ।

साधारण सभामा असल बचतकर्ता, असल ऋिणि, जेष्ठ नागरीक सम्मान गरीनुका सार्थ कार्यसम्पादनका आधारमा उत्कृष्ठ कर्मचारीलाई सम्मान गरीएको छ । असल बचतकर्तामा बल्देव दत्त ओझा, रामदत्त भट्ट र हिक्मत बुडालाई सम्मान गरीएको छ । त्यसैगरी विमला देवी धामी र महेश नाथलाई असल ऋिणीकोरुपमा सम्मान गरीएको छ ।
त्यसैगरी भीमदत्त नगरपालिका २का मया देवी भट्ट र भीमदत्त नगरपालिका ४का कमला देवि भट्टलाई जेष्ठ नागरीक सम्मान प्रदान गरीएको छ । उत्कृष्ठ कर्मचारी पुरस्कार नवराज जाग्रि र पशुपती थापालाई प्रदान गरीएको छ । मरणोपरान्त सम्मान स्व गणेश नाथलाई प्रदान गरीएको छ ।

त्यसैगरी सस्थाका सदस्यहरुका छोराछोरीहरुमध्येबाट एसईई २०८२ मा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीहरु सुप्रिम भण्डारी र हिमानी मडैलाई सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरीएको छ । भीमदत्त नगरपालिका ४का सदस्य सिवलाल भण्डारीका छोरा सुप्रिमले ३ दशमलव ७७ जिपिए ल्याएका थिए भने भीमदत्त नगरपालिका १८का सदस्य गणेश मडैकी छोरी हिमानीले ३ दशमलव ६ जिपिए प्राप्त गरेका थिए ।

उनीहरुलाई प्रमुख अतिथि एव विशिष्ठ अतिथी, अतिथीहरुद्धारा प्रमाण पत्र हस्तान्तरण गरीएको थियो । सभामा सञ्चालक समिति, लेखा समिति, कर्मचारी, शेयर सदस्यहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

साधारण सभामा प्रमुख अतिथि रहेका जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहराले करौडौ लगानीको उद्योग स्थापना गरी आयात र रोजगारी सिर्जना सुर्योदय सहकारीले नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताए । उनले सुर्योदय सहकारीले एक्लै गर्न नसके अन्य सहकारी संग समन्वय गरी सहकारीले उत्कृष्ठ कार्य गर्नुपर्ने बताए । ‘कञ्चनपुरमा कापि उद्योगको ठूलो सम्भावना रहकेो छ, कागज उद्योगका लागि चाहिने रमेटिरियल त्यो धानको पराल होस या गहुको छ्वाली होस् , जसलाई जलाएर फाल्छौ जसलाई उपयोग गरी कापि उत्पादन गर्न सकिन्छ, हामि पाच हजार सदस्यबाट एक एक लाख मात्र उठाएमा एक करोड हुन्छ, ठूला उद्योगहरु स्थापना गर्न सकिन्छ यसले आयात पनि विस्थापित गर्छ,’ उनले भने ‘एउटा सुर्योदय सहकारीले मात्र सक्दैन भने जिल्लामा भएका अन्य सहकारीसंग सहयोग लिनुपर्छ म यसतर्फ पनि ध्यन दिन आग्रह गर्छु ।’

सहकारीले पाच हजारभन्दा बढि सदस्यहरुको विश्वास जित्न सफल भएको भन्दै सहकारीको प्रगतिउन्नतीको कामना गर्दै सुदूरपश्चि प्रदेश सरकारका नीती तथा योजना आयोग सदस्य डा हिरा चन्दले सहकारीलाई उत्पादनसंग जोड्न सल्लाह दिए । ‘पाच हजार बढि शेयर सदस्यको मन जित्न सफल भएको सहकारीको नेतृत्वकर्ताहरुमा बधाई तथा सस्थाको उत्तरोत्तर प्रगतिको कामना छ,’ सदस्य डा चन्दले भने, ‘सहकारी बहुउदेश्यिय भएकाले यसले बचत र ऋणमा मात्रै सिमित नभई उत्पादनसंग जोडिदै रोजगारी सिर्जना गर्नमा लाग्न अनुरोध छ ।’
सुर्योदयले सदस्यहरुलाई उत्पादनसंग जोड्न खोजिरहेको तर पनि विभिन्न चुनौती झेलीरहेको अध्यक्ष ईश्वरी प्रसाद खरेलले बताए । सहकारीले एउटा पसल संचालन गर्न खोज्दा समेत कामदार नपाईने समस्या रहेको अध्यक्ष खरेलले बताए ।

अध्यक्ष खरेलले संस्थालाई अझ सबल, व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै सबैलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममो सहजीकरण सस्थाका सचिव पाण्डेयले गरेका थिए ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।