सूर्योदय बहुउदेश्यिय सहकारीको १८औ बार्षिक साधारण सभा सम्पन्न
महेन्द्रनगर–सूर्योदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ । बिहिबार भीमदत्त नगरपालिका १८ जानकीटोलस्थीत आफ्नै सभाहलमा सस्थाका अध्यक्ष ईश्वरी प्रसाद खरेलको अध्यक्षता एवं जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । साधारण सभामा सुदूरपशिचम प्रदेश सरकारका निती योजना आयोगका सदस्य डा. हिरा चन्द विशिष्ठ अतिथि रहेका थिए ।
संस्थाको बार्षिक प्रगति प्रतिवेदन सस्थाका अध्यक्ष ईश्वरी प्रसाद खरेलले प्रस्तुत गरेका छन् । उनले प्रस्तुत गरेको संस्थाको बार्षिक प्रगति प्रतिवेदनमा बचतकर्ताहरुमा लगानि बृद्धि गरीको देखिनुका साथै शेयरपुजी पनि बृद्धि भएको देखाएको छ ।
साधारण सभामा असल बचतकर्ता, असल ऋिणि, जेष्ठ नागरीक सम्मान गरीनुका सार्थ कार्यसम्पादनका आधारमा उत्कृष्ठ कर्मचारीलाई सम्मान गरीएको छ । असल बचतकर्तामा बल...













