Advertisement

कञ्चनपुर कारागारमा आँखा जाँच, ६ जनालाई शल्यक्रियाका लागि सिफारिस

महेन्द्रनगर – कञ्चनपुर जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै निःशुल्क आँखा उपचार शिविर सञ्चालन गरिएको छ। शिविरमार्फत २ सय कैदीबन्दीको आँखा परीक्षण तथा उपचार गरिएको हो।
नेपाल नेत्रज्योति संघ गेटा, महेन्द्रनगर आँखा अस्पताल, पतञ्जली योग समिति तथा कारागार प्रशासनको संयुक्त आयोजनामा सञ्चालन गरिएको शिविरमा बरिष्ठ नेत्र अधिकृत बीरसिंह धामी नेतृत्वको टोलीले सेवा प्रदान गरेको छ ।

परीक्षणका क्रममा १ सय १३ जनालाई औषधि, ५६ जनालाई चस्मा वितरण गरिएको छ भने अन्यलाई आवश्यक परामर्श दिइएको छ। साथै, मोतियाबिन्दु देखिएका ६ जनालाई निःशुल्क शल्यक्रियाका लागि सिफारिस गरिएको छ।
कारागार प्रमुख हेमन्ती साउद ले कैदीबन्दीको स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै पहिलो पटक यस्तो सेवा सञ्चालन गरिएको बताइन्।

कैदीबन्दीका अगुवा दानसिंह ठकुराठीका अनुसार शिविरले उपचार पहुँचमा सहजता ल्याएको छ।
विशेषज्ञहरूका अनुसार बन्द वातावरण, धुवाँ तथा सीमित स्वास्थ्य पहुँचका कारण कारागारभित्र आँखा सम्बन्धी समस्या बढी देखिने भएकाले यस्ता शिविर आवश्यक हुने बताइएको छ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

महेन्द्रनगर, — एनएमबी बैंक लिमिटेड, शाखा कार्यालय महेन्द्रनगरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत कञ्...
सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

कञ्चनपुर – कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट ख...
गैराबारीको खेतीयोग्य जमिन कटानबाट जोगाउन श्रमदानमा जैविक तटबन्ध निर्माण सुरु

गैराबारीको खेतीयोग्य जमिन कटानबाट जोगाउन श्रमदानमा जैविक तटबन्ध निर्माण सुरु

दोधारा चाँदनी - कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका–८ गैराबारी टोलस्थित नदी किनारमा वर्षाको पानीका कारण भएको कटान नियन्त्रण ...
कच्ची सडक, कोचाकोच यात्रा

कच्ची सडक, कोचाकोच यात्रा

रनि विवश-  शुक्रबार साझ ६ बजे । देहीमाण्डौ बजारको पूर्वी कुना शान्त थियो । महेन्द्रनगरबाट आएको यात्रु बाहक बस झ्वाम्म रोकियो । देह...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज