Advertisement

ऋणीको करोर्डौं मूल्यको घर लिलाम गर्न एनएमबी बैंकको यस्तो हर्कत, पीडित परिवार भौतारिदै

महेन्द्रनगर । दशकौ देखि झलारीमा व्यवसाय गर्दै आएका शुक्लाफाटा नगरपालिका वडा नं. १० का अजय विकको करौडौ मूल्यको घर लिलाम गर्न एनएमबी बैंकले ऋिणको नक्कली फाईल बनाएको खुलेको छ । साविक झलारी गाविस वडा नं. ७ बस्ने अर्थात हाल शुक्लाफाटा नगरपालिका वडा नं. १० का अजय विकले २९ लाख ५० हजार ऋण लिएको र उक्त सावा रकमको किस्ता बुझाउदै आएको भएपनि एनएमवि बैंकले उनले धितोकोरुपमा राखेको जग्गा र सोही घरमा निर्माण गरीएको घर लिलाम गर्न ३७ लाख रुपया ऋण लिएको ‘ऋण फाईल’ सिर्जना गरी घरजग्गा लिलाम गरेको खुलेको छ ।
शुक्लाफाँटा नगरपालिका वडा नं. १० का अजय बिकले झलारीस्थित ६१६ नम्बर कित्तामा बनेको घर १५ वर्षका लागि धितो राखेर २०७५ कार्तिक २० गते बैंकको झलारी शाखाबाट २९ लाख ५० हजार घर कर्जा शिर्षकमा ऋण लिएका थिए ।
बैंकको झलारीस्थित शाखाबाट बैंकको ऋण प्रक्रिया पूरा गरी विकलाई २९ लाख ५० हजार ऋण दिइएको तथ्य प्रमाणले देखाउछ । तर २०८० चैत ४ गते भूमिसुधार तथा मालपोट कार्यालय महेन्द्रनगर कञ्चनपुरले विकले धितो राखेको ६१६ कित्ताको जग्गा र घर लिलामपश्चत टेण्डर सदर गरीएको व्यक्तिको नाममा नामसारी गर्न टिप्पणी तथा आदेश पत्रमा ३७ लाख कर्जा लिई हालसम्म कुनै पनि सावा व्यज रकम नतिरेको उल्लेख गरीएको छ । मालपोट कार्यालय कञ्चनपुरद्धारा उठाईएको उक्त ‘टिप्पणी तथा आदेश’ मा– ‘कर्जा लिई हाल सम्म सावाँ व्याज बैंकलाई तिर्नुपर्ने दस्तुर नतिरेको हुदा एनएमवि बैंक लि. को चन ३१६३ २०८०/१०/३० गतेको पत्रबाट ज्ञानु विश्वकर्माको नाउमा रहेको वडा नं. ७ किन. ६१६ क्षे फ. ०८७ बमी जग्गा लिलाम सकार तुलसि कु. डागाका नाउमा दा.खा. गरि दिन हुन भनि अनुरोध आएको,’ लेखिएको छ ।
बैंकले मालपोतमा धितो रोक्का गराउँदा पनि २९ लाख ५० हजार मूल्यको उल्लेख गरिएको विकले बताए ।
बैंकबाट ऋण नलिएको ३७ लाख ऋण अशुलीका लागि करोडौं मूल्यको घर लिलामीमा बिक्रि भएपछि विक परिवारमा समस्या बल्झेको छ । उनी न्यायका लागि प्रहरी, प्रशासन, राजनीतिक दल सबैसित गुहार गर्दै आएपनि कसैले पनि साथ नदिएको गुनासो गर्छन् ।
एनएमबी बैंकको झलारी शाखाबाट त्यस अघि उनले २०६६ कार्तिक २० गते जमिन(कित्ता नं २०७८, १११८, ५१६ र ३०९१) धितो राखेर ३७ लाख ऋण लिएका थिए । तर उनले उक्त ऋिण, धितो राखेको जमिन(कित्ता नं.२०७८, १११८, ५१६ र ३०९१) विक्रि गरेर २०७८ माघ १७ गते चुक्ता गरेको बताए । ऋण चुक्ता गर्नु अघि बिकले ६१६ नम्बर कित्तामा बनेको घर धितो राखेर २९ लाख ५० हजार ऋण लिएको बताए ।
‘मैले २०६६ मा ३७ लाख ऋिण लिएको र उक्त ऋिण २०७८ मा सबै चुक्ता गरीसके, र २०७५ मा मैले ६१६ नम्बरको कित्ता धितो राखेर घर लोन लिएको हु,’ उनले भने ‘त्यसको किस्ता र ब्याज गरी मासिक ३७ हजार ५ सय थियो, मैले त्यो रकम पनि नियमित २०८० असारसम्म तिरेको छु, फेरी मैले भन्न खोजेको के हो भने त्यो ३७ लाख लिदै नलिएको लोन देखाएर मेरो घर जग्गा लिलाम कसरी ग¥या ?’
उनले बैंकका कर्मचारी २०८० असोज महिनामा पसलमै आएर दुई लाख हाल्न लगाएको र उक्त रकम हाल्दा पनि फेरी अपुग भयो भन्दै थप ११ हजार हाल्न लगाएको बताए । ‘२०८० असोज २९ गते बैंकका कर्मचारी मेरो पसलमा आएर २ लाख हाल्न भने, श्रीमतीका नामबाट र मेरो नामबाट एक/एक लाख खातामा हाले, त्यसपछि फेरि ११ हजार पुगेन भनेर भन्यो, त्यो पनि दिए’ अजय विकले भने, ‘त्यो रकम कुन खातामा हाल्यो, के भयो थाह भएन, त्यसको ६ महिनापछि त लिलामी प्रक्रिया नै सुरु गरि हाल्यो ।’
लिलाम प्रक्रिया सुरु भएपछि बैंकको झलारी शाखामा गएर २/४ महिना लम्व्याई दिन आग्रह गर्दा धनगढी प्रदेश कार्यालय पठाएको विकले बताए । बैंकको तत्कालिन प्रदेश कार्यालयका कर्मचारी गणेश जोशीले पूरा रकम चुक्ता गर्न भनेको र ६ महिनाका लागि समय दिन आग्रह गरेपछि उनले झलारीका केही व्यापारीसित कुरा गर्न लगाएको विकले बताए । बिकले आफ्नो ऋणका लागि अरुसित कुरा नगर्ने अडान लिएपछि जोशीले नै अर्को व्यक्तिसित कुरा गर्न लगाएको उनी बताउँछन् । ‘बैंकको झलारी शाखामा गए तर बैकका म्यानेजरले यहाँबाट समस्या समाधान हुदैन्, प्रदेश कार्यालय धनगढी जानु भन्यो,’ उनले भने, ‘म धनगढी बैकमा दुई लाख नगद र चेक लगेर गयौ, तर गणेश जोशीले सबै सावा व्याज जम्मा गर्न भन्यो । मैले २/४ महिना रोकिदिन आग्रह गरे तर उनले मानेनन्, समय दिन आग्रह गर्दा झलारीका केहि व्यपारीसित कुरा गर्न लगाए तर मैले मानेन, नमानेपछि आफैले फोन लगाएर कुरा गर्न लगायो ।’
जोशीले कुरा गर्न लगाएको ती अर्को व्यक्तिको नाम थाहा नभएको बिकले बताए । विकका अनुसार जोशीले फोन गर्न लगाएका ती व्यक्तिले ऋण तिर्ने तेरो हैसियत छैन भनेपछि ती व्यक्तिसंग भनाभन भएको थियो । विकका अनुसार ती व्यक्तिको फोनमा भनाभन भएपछि जोशीले मोबाइल खोसेका थिए ।
बैंक कर्मचारी जोशीले त्यहीं बेला उनलाई आफूलाई मुद्दा हाल्नु भनेर चेतावनी दिएको उनी बताउँछन् । पछि बैंकले विकले फोनमा कुरा गर्न अस्वीकार गरेका झलारीका ती व्यवसायीको परिवारका नाममा धितो लिलाम सकार गरेको थियो ।
बिक परिवारले एक साताभित्र बैंंक सबै ऋण चुक्ता गर्छौ भनेपछि बैंकले ३५ दिने सूचना सार्वजनिक गरी बिकको डेढ करोड मूल्यको घर ५८ लाखमा लिलाम गरि दिएको छ ।
बैंकले लिलाम प्रक्रिया अघि बढाएपछि विकले बैंकबाट कागजात ल्याएर हेर्दा त्यसमा बैंकको महेन्द्रनगर शाखाबाट ३७ लाख ऋण लिएको उल्लेख भएको खुलेको थियो ।
‘ऋण तिर्छु भन्दाभन्दै पनि जबरजस्ती लिलाम गरेपछि न्याय खोज्दै जाँदा बैंकमा पुगे, बैंकले कागजात दिन मानेन, सबै कागजात केन्द्रीय कार्यालय पठाई सक्यो भन्यो, महेन्द्रनगर शाखाको नाममा ३७ लाखको ऋण भनेपछि शंका लागि सकेको थियो, त्यसपछि वकिल साप कहाँ गयौ, वकिल सापले भनेपछि ती कागजात दिए, त्यसमा हेर्दा त म खसेजस्तै भए’ उनले भने ।
विकले बैंकको झलारी शाखाका तत्कालिन प्रबन्धक गणेश कार्कीलाई समेत भेटेर आफूले ३७ लाख ऋण कसरी आफ्नै नाममा गरिएको भनेर सोधेको बताए । तत्कालिन प्रबन्धक कार्कीले बैंक जागिर छोडिसकेका छन् ।
बैंकका तत्कालिन प्रदेश कार्यालयका जोशी सहित कर्मचारीले करोडौं मूल्यको घरलाई मिलेमतो गरी लिलाम चढाएको आशंका विक परिवारको छ । बैंकको प्रदेश कार्यालयका कर्मचारी जोशीले बिकलाई गैर बैकिङ्ग क्षेत्रका व्यक्तिसित कुरा गर्न लगाएकाले धितो लिलाममा बैंकको बदनियत रहेको विकले बताए ।
‘म बंंैकको ऋणी हुँ, मेरो ऋणका लागि किन अरुसित कुरा गर्न लगाएको हो, यो कुराले मलाई निकै तनाव छ’ उनले भने,‘यसको अर्थ बैंकले मेरो घर लिलाम गर्न पहिला नै मान्छे खोजेर राखेको छ, त्यो मौका हेरी बसि रहेको रहेछ, मैले तिर्छु भनेर लगेको पैसा पनि राखि दिएन ।’

घरबाटोको सिफारीस पनि जालसाचि गरी बनाएको खुल्यो

बैंकले लिलाम सकार गरेपछि घर बाटो सिफारिश पनि किर्ते गरेको पाइएको छ । बैंकका कर्मचारी दिपक भट्ट आफैंले वडा कार्यालयमा गएर विक परिवार महेन्द्रनगर भएकाले आउन नसक्ने भन्दै वडाबाट घर बाटो सिफारिश लिएका थिए ।
शुक्लाफाँटा नगरपालिका १० का वडा अध्यक्ष लाल बहादुर ऐरले बैंक कर्मचारी भट्टले कार्यालयलाई झुक्याएर ज्ञानु विश्वकर्माको किर्ते दस्तखत गरी घर बाटो सिफारिश लिएको पत्र दिएका छन् ।
विक परिवार न्यायको खोजी गर्न थालेपछि बैंकले लिलाम प्रक्रियामा संलग्न सबै कर्मचारी हेरफेर गरेको थियो । प्रदेश कार्यालय जोशी र झलारी शाखाका तत्कालिन प्रमुख छविराज जोशी अन्यत्र शाखा सरुवा गरिएका थिए । बैंकको महेन्द्रनगर शाखाका प्रमुख सहितको मिलेमतोमा आफ्नो घर लिलाम गरिएकोले उक्त कार्यमा संलग्न सबैलाई कारवाहिको माग गरेका छन् । ‘यो जानाजान गरिएको योजनाबद्ध कार्यमा संलग्न सबैलाई कारवाही होस भन्ने चाहन्छौ’ विकले भने‘हाम्रो घरजग्गा हडपिएको हो, हामी न्याय चाहन्छौ ।’
बैंकको झलारीस्थित शाखाका ऋण शाखा कर्मचारीले भने सबै कागजात केन्द्रिय कार्यालयमा पठाएकाले आफूहरुले केही नभएको जानकारी दिए । आफुहरुले विकको लोन फाईल केन्द्रीय कार्यालयमा पठाएकाले झलारी शाखामा कुनै पनि रेकर्ड नभएको एनएमबि बैंकको झलारी शाखाका ऋण विभागमा कार्यरत अमर विष्टले बताए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

खडक बहादुर काेली महेन्भिद्रनगर - भीमदत्त  नगरपालिकाकी उप प्रमुख निलम लेखक जोशीले  माता तीर्थ औँसी अथवा आमाको मुख हेर्ने दिनकाे ...
सार्वजनिक खरिद ऐन संशोधनका लागि कञ्चनपुर निर्माण व्यवसायी संघद्वारा सुझाव समिति गठन

सार्वजनिक खरिद ऐन संशोधनका लागि कञ्चनपुर निर्माण व्यवसायी संघद्वारा सुझाव समिति गठन

महेन्द्रनगर– निर्माण व्यवसायी संघ कञ्चनपुरले सार्वजनिक खरिद ऐन ०६३ सशोधनका लागि सुझाव संकलन समिति गठन गरेको छ । नेपाल निर्माण व्यव...
भीमदत्तद्धारा शिक्षक दरबन्दी मिलान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन, एकलाई अपग्रेड ६ लाई मर्ज गर्ने सुझाव

भीमदत्तद्धारा शिक्षक दरबन्दी मिलान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन, एकलाई अपग्रेड ६ लाई मर्ज गर्ने सुझाव

महेन्द्रनगर–भीमदत्त नगरपालिकाले शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन तथा विद्यालय व्यवस्थापन सम्बन्धी कार्य गर्न गठन गरेको उच्च ...
इन्धनकाे मूल्य वृद्धिले निर्माण उद्योगमा ‘आपतकाल’ घोषणाको माग

इन्धनकाे मूल्य वृद्धिले निर्माण उद्योगमा ‘आपतकाल’ घोषणाको माग

महेन्द्रनगर - पेट्राेलियम पदार्थकाे मूल्य बढेकाे भन्दै कञ्चनपुरका निर्माण व्यवसायीहरूले उद्योगमा ‘आपतकाल’ घोषणाको माग गरेका छन् । ...
दैजी-जोगबुडा सडक निर्माण गर्न यस्तो आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडि लाश प्रदर्शन

दैजी-जोगबुडा सडक निर्माण गर्न यस्तो आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडि लाश प्रदर्शन

महेन्द्रनगर - दैजी जोगबुडा सडकको दैजी देखि लिपन सम्मको सडकखण्ड निर्माण सम्झौता भएको आठ वर्ष बितेपनि कालोपत्रे नबनेपछि मुख्यमन्त्री...
महेन्द्रनगरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

महेन्द्रनगरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

महेन्द्रनगर - महेन्द्रनगरमा एमाले र नेपाली कांग्रेसले संयुक्त प्रदर्शन गरेका छन् । पूर्व प्रधानमन्त्री एबं नेकपा ...
एमालेका २३ जनसंगठनको चेतावनी : कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण, कार्यान्वयन भए प्रतिरोध हुन्छ

एमालेका २३ जनसंगठनको चेतावनी : कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण, कार्यान्वयन भए प्रतिरोध हुन्छ

काठमाडौं- नेकपा एमाले सम्बद्ध २३ वटा जनसंगठनहरुले सरकारले गौरीबहादुर कार्की आयोगले तयार गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय आ...
४३औ प्रधानमन्त्री शाहको जीवनी यस्तो छ

४३औ प्रधानमन्त्री शाहको जीवनी यस्तो छ

महेन्द्रनगर – नेपालका ४३औँ प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) आयुर्वेदिक चिकित्सक रामनारायण शाह र धु्रवादेवी शाहका सुपुत्र हुन्। उ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज