नयाँ खबर
महेन्द्रनगर – जेनजी आन्दोलन कञ्चनपुर कारागारभित्रै पसेपछि त्यहाँबाट ज्यान जोगाउन भागेका एक कैदीबन्दीको मृत्यु भएको छ । लागु औषध मुद्दाम कैदी सजाय काटिरहेका बेलडाँडी गाँउपालिका १ लक्ष्मी टोलका २७ बर्षिया पदम राज भट्टको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराले शनिबार भट्ट घरमै मृत फेला परेको बताए । ‘कारागारबाट भागेका कैदीबन्दी मध्ये भट्ट घर ओछ्यानमै सुतेको अवस्थामा मृत भेटिएका रहेछन, ‘प्रवक्ता बोहराले भने, ‘घटनाको अनुसन्धान अघि बढाईसकेका छौँ ।’

प्रवक्ता बोहराका अनुसार अदालतले भट्टलाई लागु औषध मुद्दामा ५ बर्ष ६ महिना कैद सजाय तोकेको जस अनुरुप भट्ट ११बैशाख ०८०देखि कैद भुक्तान गरिरहेका थिए ।
जेलबाट भागेर घर पुगेका उनलाई घर परिवारले पुन कारागारमै बसेर राज्यको नियमको पालना गर्न भनेपनि निषेधाज्ञा, कफ्युका कारण पछि जान्छु भन्दै आएको जनाईएको छ । लागु औषध मुद्दामा कारागारमा कैद भुक्तान गरिरहेका भट्ट र उनका केही साथीहरुसंग झै झगडा भएका केहीलाई प्रहरीले सोधपुछका लागि ईप्रका बेलडाँडी लगेको प्रहरीले जनाएको छ । भट्टको मृत्यसंगै घर परिवार शोकाकुल भएका परिवारले मृत्युको कारण खोजेका छन । कञ्चनपुर कारागारमा कुल कैदीबन्दी मध्ये ३८प्रतिशत कैदीबन्दी लागु औषध मुद्दाका थिए । कुल ४सय ७९ कैदीबन्दी २०मात्रै भागेका थिएनन । आफै आउनेदेखि पक्राउ गरेर ल्याउनेक्रम जारी रहेको कारागार प्रशासनले जनाएको छ ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।