एमाले नेता कार्यकर्ताले थाले क्षतिग्रस्त पार्टी कार्यालयमा सरसफाई
महेन्द्रनगर ः एमाले नेता कार्यकर्ताले जेन जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त पार्टी कार्यालयमा सरसरफाई सुरु गरेका छन् । भदौ २४ गते आन्दोलनका क्रममा एमाले पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो । तोडफोड र आगजनीबाट दुई तले पार्टी कार्यालयमा व्यापक क्षति भएको छ । एमाले कञ्चनपुरका जिल्ला कमिटी सदस्य कमल रोकायाले आन्दोलनबाट क्षतिग्रस्त पार्टी कार्यालयमा सरसफाई र मर्मत थालिएको जानकारी दिए । ‘हामीले आजबाट हाम्रो पार्टी कार्यालय सरसफाई तथा मर्मत कार्य सुरुवात गरेका छौ’ नेता रोकायाले भने ।
एमालेको जिल्ला कमिटी सहित भीमदत्त नगर कमिटी र विभिन्न जन संगठनका नेता कार्यकर्ता पार्टी कार्यालय सरसफाईमा लागेका छन् । भीमदत्त नगरपालिका ४ स्थित एमाले पार्टी कार्यालयमा आन्दोलनकारीले पटक पटक आगजनी र तोडफोड गरेका थिए । आन्दोलनकारीले पार्टी कार्यालयभित्रका दराज, टेबुल, कुर्सी, कागजात लगायतका स...















