दलित मुक्ति मोर्चा दोधारा चाँदनीको अध्यक्षमा सुन्दर सुनार
दोधारा : नेपाल दलित मुक्ति मोर्चा दोधाराचाँदनी नगरको अध्यक्षमा सुन्दर सुनार चयन भएका छन । नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा दोधाराचाँदनी नगरको अध्यक्षमा सुन्दर सुनार चयन भएका हुन । नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य राजुराम सार्की(भुल)ले दोस्रो नगर सम्मेलनबाट सर्वसम्मत कमिटि चयन गरिएको बताए ।
उपाध्यक्ष गंगादेवी सुनार, पानसरा सुनार सचिव तुला बहादुर नेपाली सह सचिव रतन दमाई कोषाध्यक्ष जानकी दमाई, सदस्य बल बहादुर सुनार, बल दमाई, चन्द्र बहादुर सुनार, गोपी दमाई, खण्ड दमाई रहेका छन ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री मान बहादुर सुनारको प्रमुख आथित्यमा भएको कार्यक्रममा नेपाल दलित मुक्ति मोर्चा कञ्चनपुरका संयोजक शिवि लुहार, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य भरत भट्ट,प्रदेश कमिटि सदस्य निरुदेवी विक, नेकपा माओवादी कञ्चनपुरका सचिव एव नेपाल दलित...












