Advertisement

Day: १६ भाद्र २०८३, मंगलवार

आमाको स्मृतिमा समाजसेवी मल्लद्वारा प्रधानमन्त्री राहत कोषमा पाँच लाख एघार हजार सहयोग

आमाको स्मृतिमा समाजसेवी मल्लद्वारा प्रधानमन्त्री राहत कोषमा पाँच लाख एघार हजार सहयोग

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर, कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा समाजसेवी दिनेश मल्लले आफ्ना आमाको स्मृतिमा स्थापित राजुदेवी मल्ल स्मृति प्रतिष्ठान मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख एघार हजार एक सय एघार रुपैयाँ सहयोग गर्नुभएको छ ।    मुलुकमा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले मल्लले उक्त रकम प्रधानमन्त्री राहत कोषमा प्रदान गर्नुभएको हो । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै मल्लले विभिन्न विपद तथा संकटका समयमा सहयोग गर्दै आउनुभएको छ । यसअघि कोभिड–१९ महामारीका बेला समेत मल्लले महाकाली अस्पतालमा अक्सिजन उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । महामारीका क्रममा भारतबाट गड्डाचौकी नाकाहुँदै नेपाल प्रवेश गर्ने नागरिकका लागि भोजनको व्यवस्था गर्न पनि उहाँले सहयोग गर्नुभयो ।  उहाँले प्रतिष्ठान मार्फत विभिन्...
Breaking News 1, samachar, गण्डकी, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको छ। संगमले भदौ १६ देखि २६ गतेसम्म कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा महोत्सव आयोजना गर्ने तयारी गरेको थियो। तर भदौ १० गते भोटेकोशी नदी क्षेत्रमा आएको आकस्मिक प्राकृतिक विपद्का कारण विभिन्न जिल्लामा ठूलो जनधनको क्षति हुनुका साथै नागरिकहरू पीडित बनेको भन्दै महोत्सव नगर्ने निर्णय गरेको हो। महाकाली साहित्य संगमका अध्यक्ष राजेन्द्र सिंह रावलद्वारा जारी प्रेस विज्ञप्तिमा प्राकृतिक विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै बेपत्ता नागरिकको शीघ्र खोजी, उद्धार तथा सकुशल पुनर्मिलनको कामना गरिएको छ। संगमको २०८३ भदौ १४ गते बसेको बैठकले राष्ट्रिय विपद् र नागरिकको पीडाको संवेदनशील अवस्था...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज