Advertisement

Day: १२ भाद्र २०८३, शुक्रबार

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

Breaking News 2, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार
काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घाईस्थित अक्टागनमा जारी रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई पराजित गर्दै ढाँटले फाइनलमा स्थान बनाएका हुन्। उनी रोड टु युएफसीको फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बनेका छन्। अब फाइनल जित्न सके ढाँटले विश्वकै प्रतिष्ठित एमएमए संस्था युएफसी (UFC) सँग व्यावसायिक सम्झौता गर्ने अवसर प्राप्त गर्नेछन्। ‘बझाङ्गी बाघ’ उपनामले परिचित ढाँटले बान्टमवेट विधामा हालसम्म ११ खेल खेलेका छन्। उनले १० खेलमा जित हात पार्दा एक खेलमा मात्रै पराजय व्यहोरेका छन्। सन् २०२३ मा इस्माइल खानसँग पराजित भएपछि ढाँटले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। गत वर्ष भारतको नोएडामा आयोजित म्याट्रिक्स फाइट नाइट–१७ को बान्टमवेट उपाधि जितेपछि उनी थप चर्चामा आएका थ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज