दैजी-जोगबुडा सडक निर्माण गर्न यस्तो आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडि लाश प्रदर्शन
महेन्द्रनगर - दैजी जोगबुडा सडकको दैजी देखि लिपन सम्मको सडकखण्ड निर्माण सम्झौता भएको आठ वर्ष बितेपनि कालोपत्रे नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि लास प्रदर्शन गरिएको छ । झण्डै पुरै रकम भुक्तानी हुँदा पनि सडक निर्माण सम्पन्न नहुँदा बोलन्या थलीको आयोजनामा मुख्य मन्त्रीको कार्यालय अगाडि लास प्रदर्शन गरिएको हो । सडक समय निर्माण नहुँदा यहाँका नागरिकको जीवन जोखिमपूर्ण भएको भन्दै लाश प्रदर्शन गरी आन्दोलन गरिएको संस्थाका संयोजक यादव जोशीले बताए ।
२०७४ साल वैशाख ८ मा नार्गाजुन कन्स्ट्रक्सनसँग २१ करोड २६ लाख ५३ हजार रुपैयाँमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएता पनि १८ करोड रकम बढी भुक्तानी भइसक्दा पनि सडक कालोपत्रे हुन् नसक्दा स्थानीय आन्दोलित भएका छन् । सडक निर्माणका लागि अहिलेसम्म पाँचपटक म्याद थप गरिसकिएको छ।
पूर्वाधार विकास कार्यालय महेन्द्रनगरका अनुसार, पछिल्लो पटक...











