हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा सम्पन्न
हेमा भट्ट, कञ्चनपुर — कृष्णपुर नगरपालिका वडा नम्बर ४–५ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा मिति २०८२ साल पौष २८ गते भव्य र सभ्य वातावरणमा सम्पन्न भएको छ। वन संरक्षण, दिगो व्यवस्थापन र समुदायको सहभागितालाई केन्द्रमा राख्दै आयोजित साधारणसभामा स्थानीय जनप्रतिनिधि, वन क्षेत्रका अधिकारी, सामुदायिक वनका अध्यक्षहरू तथा उपभोक्ताको उल्लेख्य उपस्थिति रहेको थियो।
साधारणसभाको अध्यक्षता सभापति नित्यानन्द जेठराले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका वन निर्देशक श्री हेमराज बिष्ट रहनुभएको थियो। त्यसैगरी विशिष्ट अतिथि कञ्चनपुरका जिल्ला वन अधिकृत (DFO) लक्ष्मी राज जोशी, पूर्व मेयर कर्णबहादुर हमाल, कृष्णपुर–४ का वडा अध्यक्ष धर्मबहादुर सिंह, वन अधिकृत भरत शाह, इलाका प्रशासन कार्यालय गुलरियाका प्रमुख प्रतिनिधिलगायतको उपस्थिति रहेक...












