Advertisement

Day: २६ मंसिर २०८२, बिहीबार

नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सभा राखिएको सल्लाघारीस्थित चौरमा निर्माणको काम धमाधम

नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सभा राखिएको सल्लाघारीस्थित चौरमा निर्माणको काम धमाधम

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
भक्तपुर, मंसिर २५ । नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सभा हुने भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौरमा निर्माणको काम धमाधम भइरहेको छ । आगामी २७ मङ्सिरमा हुने उद्घाटन समारोहको निर्माणस्थल र पार्टी केन्द्रीय कार्यालयमा महाधिवेशन प्रतिनिधिहरूको बाक्लो चहलपहल देखिएको छ । देशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूले उद्घाटनस्थल अवलोकन, तथा पार्टी कार्यालयमा भेटघाट, भिडियो कैद, सामाजिक सञ्जालका सामग्री निर्माण जस्ता गतिविधि गरेसँगै भीड बढ्दै गएको हो । उद्घाटनस्थल विश्व सम्पदा सूचीमा परेको चाँगुनारायण मन्दिरको स्थापत्य झल्किने गरी निर्माण हुँदै छ । भक्तपुरसहित उपत्यकाका ऐतिहासिक–सांस्कृतिक सम्पदाको पहिचानलाई मञ्चमा समेटिने गरी मल्लकालीन शैलीमा मञ्च निर्माण भइरहेको छ । मञ्चको दायाँ–बायाँ हिमालको आकृति बनाइँदै गर्दा स्थलमा कार्यकर्ता र स्थानीय नागरिकको भीड थपिएको छ । मञ्च...
पूर्व मुख्यमन्त्री रावलको पुस्तक भारतको एसएसजे विश्वविद्यालयका विद्यार्थीहरुले अध्ययन गर्ने

पूर्व मुख्यमन्त्री रावलको पुस्तक भारतको एसएसजे विश्वविद्यालयका विद्यार्थीहरुले अध्ययन गर्ने

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री एव नेकपा एमालेका नेता राजेन्द्र सिंह रावलको ऐतिहासिक पुस्तक भारतको एसएसजे विश्वविद्यालयका विद्यार्थीहरुले अध्ययन गर्ने भएका छन् । एमाले पोलिटव्यूरो सदस्इ रावलको पुस्तक विश्वविद्यालयले पाठ्यक्रममा सूचीकृत गरेसंगै उक्त विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरुले पढ्ने भएका हुन् । उत्तराखण्ड भारतको अल्मोडास्थीत शोबनसिह जिना युनिभर्सिटी (एएसजे)को ‘इतिहास, संस्कृति तथा पुरातत्त्व विभाग’ले रावलद्वारा लिखित पुस्तक ‘दी हिस्ट्री अफ मिडिभल डोटी (मध्यकालीन डोटीको इतिहास)’ लाई पाठ्यक्रममा राखेको छ । विभागका प्रमुख डा. गोकुल सिंह देउपाले पूर्व मुख्यमन्त्री रावललाई मंसिर २३ गते एक पत्र पठाउँदै उक्त पुस्तक विश्वविद्यालयको पाठ्यक्रममा राखिएको जानकारी दिएका छन् । देउपाद्वारा लिखित पत्रमा भनिएको छ ‘तपाइको पुस्तक दी हिस्ट्री अफ मिडिभल डोटीलाई विश्वविद्यालयको सन्दर्भ प...
नेपाली काँग्रेस कञ्चनपुरले प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आकांक्षी उम्मेदवार छनौट गर्दै, क–कसको देखाए आकांक्षा ?

नेपाली काँग्रेस कञ्चनपुरले प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आकांक्षी उम्मेदवार छनौट गर्दै, क–कसको देखाए आकांक्षा ?

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – नेपाली कांग्रेस कञ्चनपुरले प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आकांक्षी उम्मेदवार छनौट गरीरहेको छ । आकांक्षीहरुलाई शुक्रबार विहान १० बजेसम्म निवेदन दिने समय तोकेको नेपाली कांग्रेस कञ्चनपुरले तोकिएको समयभित्र आएका आकांक्षीहरुको नामावली शुक्रबार नै सुदूरपश्चिम प्रदेश समितिमा पठाउने कार्यतालिका बनाएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य र त्यस अघिको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि केन्द्रीय निर्देशन अनुसार आकाँक्षी उम्मेदवार छनौट प्रक्रिया सुरु गरिएको काँग्रेस कञ्चनपुरका सचिव भीमराज भट्टले बताए । ‘जिल्लाका सबै क्षेत्रमा आकाँक्षी छनौट प्रक्रिया सुरु भएको छ, प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रिय सभा सदस्यका लागि आकाँक्षीका निवेदन संकलन गरीरहेका छौ, त्यसका लागि आकाँक्षीहरुले प्रतिवद्धता पत्र सहित निवेदन दिनु पर्ने छ,’ उनले भने, ‘निवेद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज