Advertisement

Day: ५ आश्विन २०८२, आईतवार

जिल्ला तेक्वान्दो संघ कंञ्चनपुरको अध्यक्षमा राजेन्द्र केसी

जिल्ला तेक्वान्दो संघ कंञ्चनपुरको अध्यक्षमा राजेन्द्र केसी

samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – जिल्ला तेक्वान्दो संघ कञ्चनपुरको अध्यक्षमा राजेन्द्र केसी निर्विरोध निर्वाचित भएका छन् । आईतबार महेन्द्रनगरमा भएको संघको तेस्रो जिल्ला अधिबेशनबाट केसी जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् । अधिबेशनबाट उपाध्यक्षमा चक्र प्रसाद मिश्र, कोषाध्यक्षमा बाशु देव घिमिरे सर्वसम्मत चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा गोबिन्द थापा, निर्मला डगौंरा, लालबहादुर थापा, कमल चौधरी र हरेन्द्र बहादुर धानुक चयन भएका छन् । तेस्रो निर्वाचन समितिको संयोजकको जिम्मेवारीमा जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपाल दत्त भट्ट रहेका थिए । अधिबेशनको सभापतित्व कञ्चनपुर जिल्ला तेक्वान्दो संघका निवर्तमान अध्यक्ष ज्ञानेन्द्र बहादुर सिंह रहेका थिए भने प्रमुख अतिथी कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष कुबेर खड्का रहेका थिए । विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश ने.संघका महासचिव एवम् प्रदेश निर्वाचन प्रतिनिधि पदम बि...
सुप प्रदेशस्तरिय खुला कराँते प्रतियोगिता हुदै

सुप प्रदेशस्तरिय खुला कराँते प्रतियोगिता हुदै

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–मंगलबारदेखि सुदूरपश्चिम प्रदेश सितोरियो कराँते संघको आयोजनमा प्रदेशस्तरीयत खुला कराँते प्रतियोगिता हुदैछ । खेलाडीहरुले निरन्तर अभ्यास गरेतापनि आफ्नो कला प्रदर्शन र परिक्षण गर्ने थलोको अभाव खट्कीरहेको बेला खेलाडीहरुको मनोबल उच्च राख्नकालागि प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ । सुप प्रदेश सितोरियो कराते संघका संयोजक ओमकार गिरीले खेलाडीहरुमा आत्मवल बढाउन र पलायन हुनबाट रोक्नका लागि उक्त प्रतियोगिता आयोजना गरीएको बताए । प्रतियोगिताका सम्पूण खेलहरु महेन्द्रनगरको कर्बडहलमा संचालन हुनेछ । प्रतियोगितामा उमेर र तौल समुह अनुसार खेलाडीहरुविच प्रतिस्पर्धा गराईनेछ । तौलसमुह तर्फ २५ र ८५ किलो माथि र उमेर तर्फ १०, १३, १६, १९ बर्षमुनी र १९ बर्षमाथि उमेर समुहविच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । कञ्चनपुर, कैलाली सहित सुदूरपश्च्मि प्रदेशका पहाडी जिल्लाबाट खेलाडीहरुले स...
महेन्द्रनगरमा पनि सहुलियत दरको चामल विक्रि सुरु, प्रतिकेजिको मूल्य कति ?

महेन्द्रनगरमा पनि सहुलियत दरको चामल विक्रि सुरु, प्रतिकेजिको मूल्य कति ?

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महेन्द्रनगरमा सहुलियत दरमा चामल विक्रि गरीरहेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको महेन्द्रनगरमा रहेको कार्यालयबाट भाद्र ३० गतेदेखि सहुलियत दरमा चामल विक्रि गरीरहेको हो । कम्पनीले आगामी कार्तिक १० गतेसम्म सहुलियत दरमा चामल विक्रि गर्ने जनाएको छ । कम्पनीले दशै दिपावलीलाई लक्ष्यीत गरी सर्वसाधरणका लागि मोटो र मसिनो गरी दुई प्रकारको चामल सहुलियत दरमा विक्रि गरीरहेको कार्यालयका प्रमुख महिकरण महराले बताए । ‘हामीले विगत बर्षजस्तै यस बर्षपनि सहुलियत दरमा चामल विक्रि गरीरहेका छौ,’ कार्यालय प्रमुख महराले भने, ‘जीरा मसिनो चामल र मोटो चामल गरी दुई क्याटगेरीको चामल राखेका छौ ।’ मोटो र मसिनो चामल प्रति किलो पाँच रुपैँया सहुलियतमा बिक्री गरीरहेको कार्यालय प्रमुख महराले बताए । उनका अनुसार कम्पनिले जिरा मसिनो र मोटो चामलको क्रमश प्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज