कञ्चनपुर निर्माण व्यवसायी संघको अधिवेशन निरञ्जन भट्टको प्यानल घोषणा
महेन्द्रनगर : निर्माण व्यवसायी संघ कञ्चनपुरको १५औं अधिवेशनलाई लक्षित गर्दै वर्तमान अध्यक्ष निरञ्जन प्रसाद भट्टले आफ्नो प्यानल घोषणा गरेका छन् । शनिबार पत्रकार सम्मेलन गरी पूर्व अध्यक्षहरुलाई साक्षी राख्दै पदाधिकारीको पूर्ण प्यानल सार्वजनिक गरिएको हो ।
भट्टको प्यानलमा वरिष्ठ उपाध्यक्षमा देबबहादुर चन्द, उपाध्यक्षमा दीपक भट्ट, महासचिवमा योगेन्द्र ठकुराठी, सचिवमा बृजकिशोर चन्द, कोषाध्यक्षमा तेजबहादुर चन्द र सह–कोषाध्यक्षमा हेम महरा रहेका
छन् ।
संघको अधिवेशन भदौ २० र २१ गते हुने तय भएको छ । कार्यतालिका अनुसार २० गते उम्मेदवारी दर्ता र २१ गते निर्वाचन हुनेछ ।
प्यानल घोषणा कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार भट्टले आफ्नो नेतृत्वमा विगतमा भुक्तानी नदिने कार्यालयमा तालाबन्दी, बोलपत्र सम्बन्धी नीति–नियम संशोधन लगायत महत्वपूर्ण पहल भएको उल्लेख गर्दै व्यवसायीहरूको आग्रह र समर्थनकै आधारमा फेरि उम्म...












