आत्महत्या दुरुत्साहनमा रास्वपा सचिव पक्राउ
महेन्द्रनगर–राष्ट्रिय स्वतन्त्र पार्टी भीमदत्त नगरपालिका समितिका सचिव रामदत्त भट्ट आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भट्टलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । भट्टसंगै उनकी धर्मपत्नि पनि पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले आत्महत्या दुरुत्सानमा आएको जाहेरीका आधारमा भट्ट र उनकी पत्नि दुबैलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए ।
‘उहाँ विरुद्ध जाहेरी आएपछि नियन्त्रणमा लिएका छौ, अदालती प्रक्रियामा गई सकेको छ’ उनले भने, ‘थप अनुसन्धान गर्न आवश्यक रहेकाले जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरिएको छ ।’
भीमदत्त नगरपालिका ७ की एक महिलाले आत्महत्या गरेपछि भट्ट दम्पत्ति विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी परेको हो । भट्ट २०८१ को उप निर्वाचनमा रास्वपाबाट भीमदत्त नगरपालिका ६ नम्...














