छाउगोठ हटाउने अभियानमा सक्रिय हुन् अनेम संघ कञ्चनपुरद्धारा अपील
महेन्द्रनगर – महिलामाथि हुने सबै किसिमको विभेद र हिंसाको अन्त्यका लागि निरन्तर संघर्षरत अखिल नेपाल महिला(अनेम) संघ जिल्ला कमिटी, कञ्चनपुरले छाउगोठ उन्मूलन अभियानमा सक्रिय हुन् संगठनमा आवद्ध नेता कार्यकर्तालाई आग्रह गरेको छ । मंगलबार प्रेस विज्ञप्ती जारी गदैँ अनेम संघ कञ्चनपुरले महिलामैत्री वातावरण निर्माणमा योगदान पुयाउन राज्यका सबै निकाय, सरोकारवाला संस्था र नागरिक समाजलाई आग्रहसहित अखिल नेपाल महिला संघसँग आबद्ध जिल्ला भरिका सबै महिला दिदिबहिनीहरुलाई आ–आफ्नो स्थानीय पालिकामा छाउगोठ भत्काउने अभियानमा सक्रिय हुन निर्देशन दिएको हो ।
शनिबार कृष्णपुर नगरपालिका वडा नम्बर १ निगालीका २८ वर्षीय कमला आउजी दमाइको छाउगोठमा सुतिरहेका बेला सर्पदंशबाट ज्यान गएको थियो । महिलाको मौलिक अधिकार सुनिश्चित गर्न र समानतामूलक समाज निर्माण गर्न छाउगोठ जस्ता कुरीति अन्त्य गर्नु अत्यावश्यक भएको उल्लेख गरीएको अनेम ...
















