लागुऔषध दुव्र्यशनी रोकथाम विषयक वक्तृत्वकलामा महेन्द्रनगर मावि साधारणकी छात्रा तृतिय
महेन्द्रनगर – कञ्चनपुरमा लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्ध अन्तराष्ट्रिय दिवसको अवसरमा बक्तित्वकला प्रतियोगिता सम्पन्न गरीएको छ । बिहीबार सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी केन्द्र महेन्द्रनगरको आयोजनामा विहिवार “लागुऔषध दुव्र्यशनी रोकथाम तथा नियन्त्रणमा युवाको भुमिका” विषयक वक्तृत्वकला प्रतियोगितामा महेन्द्रनगर मावि साधारणकी विद्यार्थी भावना जोशी तृतिय भएकी हुन् । प्रतियोगितामा तृतिय भएकी जोशीले नगद २ हजार संगै प्रमाण पत्र पाएकी हुन् । सामुदायिक तथा निजी विद्यालय गरी १८ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगितामा लिटिल वुद्ध एकेडेमी सेकेन्डरी स्कुलका छात्रा समुद्धी भट्ट प्रथम, जनज्योती मावीका छात्रा अकेशा जोशी द्धितिय भएका छन् ।
प्रतियोगितामा प्रथमलाई नगद ५ हजार, द्धितियलाई नगद ३ हजार रुपया र प्रमाणपत्र वितरण गरीएको थियो । कार्यक्रमका प्रमुख अतिथी कर्णाली...













