नयाँ खबर
महेन्द्रनगर – कञ्चनपुरमा लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्ध अन्तराष्ट्रिय दिवसको अवसरमा बक्तित्वकला प्रतियोगिता सम्पन्न गरीएको छ । बिहीबार सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी केन्द्र महेन्द्रनगरको आयोजनामा विहिवार “लागुऔषध दुव्र्यशनी रोकथाम तथा नियन्त्रणमा युवाको भुमिका” विषयक वक्तृत्वकला प्रतियोगितामा महेन्द्रनगर मावि साधारणकी विद्यार्थी भावना जोशी तृतिय भएकी हुन् । प्रतियोगितामा तृतिय भएकी जोशीले नगद २ हजार संगै प्रमाण पत्र पाएकी हुन् । सामुदायिक तथा निजी विद्यालय गरी १८ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगितामा लिटिल वुद्ध एकेडेमी सेकेन्डरी स्कुलका छात्रा समुद्धी भट्ट प्रथम, जनज्योती मावीका छात्रा अकेशा जोशी द्धितिय भएका छन् ।
प्रतियोगितामा प्रथमलाई नगद ५ हजार, द्धितियलाई नगद ३ हजार रुपया र प्रमाणपत्र वितरण गरीएको थियो । कार्यक्रमका प्रमुख अतिथी कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले अहिले कञ्चनपुरमा लागुऔषधको निकै विगविगी रहेको बताए । आफु पनि महेन्द्रनगर कै स्थानिय रहेको र यहाँ हुने हरेका गतिबिधी आफुलाई थाहा हुने भएकाले अहिले युवाहरु अधिकाँश कुलतमा फसेको र आफनो भविष्य आफैले नष्ट गरीरहेको बताए । उनले सबै अभिभावकहरुलाई आफना नानी बाबुहरुलाई के कस्तो साथी संगतमा लागेको छ ? कस्तो वानी व्यवहार रहेको छ ? भनेर निगरानी गर्न आग्रह गरे ।

कार्यक्रमका विशिष्ट अतिथी जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले सफल हुने पहिलो चरण भनेको अनुशासन रहेको बताए । जस्ले अनुशासनमा बस्न सक्दैन उसले आफनो जिवनमा सफलता पनि नपाउने उनले बताए । साथै युवाहरुले स्वस्थ्य जिवन जिउन आवस्यक रहेको बताउँदै, लागुऔषध र कुलतमा फसेकाहरुले कहिले पनि आफनो जिवनमा सफल नहुने बताए ।
भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखकले विद्यार्थीहरुले अति उत्कृष्ट भनाई प्रस्तुत गरेको बताए । उनले आफनो समुदायमा मात्रै नभएर सिंगो देशमा लागु औषधको कुलतलाई हटाउने अभियानमा लाग्न सबैमा आग्रह गरीन्। आगामी दिनमा पालिकाले लागुऔषध न्युनिकरण गर्नका लागि विभिन्न कार्यक्रम संचालनमा ल्याउने उप प्रमुख जोशीले बताईन् ।
हेल्प नेपाल अध्यक्ष तथा लागुऔषध रोकथाम अभियानका सुदूरपश्चिम संयोजक मदन चन्दले आफुले विगतदेखी सचेती करण गरीरहेको कार्य सरकारले अहिले आएर गर्नु भउकोमा खुसी लागेको बताए । साथै यस्ता कार्यक्रममा अब उपरान्त मञ्चमा आसिन हुनका लागि लागुऔषध, चुरोट, गुटखा सबै त्यागेका व्यक्तीहरुलाई मात्रै मञ्चमा बसाउने नियम लागु हुनुपर्ने उनले बताए ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।