Advertisement

सुदूपरिश्चमका छयानब्बे प्रतिशत साक्षर

महेन्द्रनगर–सुदूरपश्चिम प्रदेश साक्षर घोषणा गरिएको छ । प्रदेश सरकार साक्षरता अभियान प्रदेश समन्वय समितिले साक्षर प्रदेश घोषणा गरेको हो । बिहीबार एक कार्यक्रमका विच प्रदेश सरकारले सुटुक्क साक्षर प्रदेश घोषणा भएको जनाएको हो । नेपाल सरकारको घोषित लक्ष्य पुरा गर्न साक्षर नेपाल बर्ष ०७६ को अवधारणा अनुरुप यस पटक सुदूरपश्चिम प्रदेशलाई पनि साक्षर प्रदेश घोषणा गरिएको छ । यस अघि ११ असोज ०७८ पहिलो बागमती, २४ असोज ०७८ दोस्रो गण्डकी, २३ भदौँ ०७९ तेस्रो कोसी र १२ असार ०८२ सुदूरपश्चिम प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको थियो ।

घोषणा कार्यक्रममा शिक्षा विकास निर्देशनालय सुदूरपश्चिमका महानिर्देशक समेत रहेका साक्षरता अभियान प्रदेश समन्वय समितिका सदस्य सचिव दुर्गा दत्त विष्टले सारक्ष सुदूरपश्चिम प्रदेश घोषणा प्रतिवेदन प्रस्तुत गर्दै १५ देखि ६० बर्ष भित्र उमेर समुहका ९६ दशमलव १९ प्रतिशत जनता साक्षर रहेको उल्लेख गरे । प्रदेशभरी कुल १६ लाख, ८८ हजार ३४ जनसंख्या मध्ये १६ लाख, २३ हजार, ७९१ मानिस साक्षर छन ।

महानिर्देशक विष्टका अनुसार शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले निर्धारण गरेका १२ मापदण्ड पार गर्दै वडा, पालिका, जिल्ला हुदै आज प्रदेश नै साक्षर घोषणा गरिएको छ ।
११ असार ०८२ सुप प्रदेश सरकार समाजिक विकास मन्त्री मेघ बहादुर खडकाको संयोजकत्वमा रहेको साक्षरता अभियान प्रदेश समन्वय समितिले गरेको निर्णय अनुरुप सारक्षता घोषणा गरिएको छ ।

राष्ट्रभाषा वा मातृभाषा वर्ण, अक्षरको पढाई, लेखाई, नेपाली वा मातृभाषामा लेखिएका मुल्यसूची र बीलको पढाई, परिवारको सदस्यको नाम, उमेर, लेखाई पढाई, मोवाईल, क्यालकुलेट, अंक अक्षर चिन्न प्रयोग गर्न सक्ने, १ देखि ९ सम्मका अक्षेर लेखाई, १ देखि एक सयसम्म गणना, लेनदेन हरहिसाब रखाई, सरल चिन्ह पोष्टर, साईनबोर्ड, ट्राफिक सकेत पढाई र बुझाई, सामुदायिक कार्यक्रममा आफ्नो विचार सहित सकृय सहभागिता देखाउन सक्ने, घडी हेरेर समय बताउन सक्ने, भित्तेपात्रे हेरी तिथिमिति बताउन सक्ने, बैंक, भौचर भराई, चेक खिचाई सक्ने आधार तय गरेर साक्षरता पहिचान गरिएको थियो ।

महानिर्देशक विष्टले सुदूरपश्चिममा प्रथममा दार्चुला र अन्तिममा डोटी जिल्ला साक्षर घोषणा गरीएको बताए । महानिर्देशक विष्टका अनुसार १५ पुस ०७२ मा दार्चुला ९५।४० र ३२ जेठ ०८० डोटी ९६।५५, ६ बैशाख ०७६ बैतडी ९६।५३, ८ बैशाख ०७६ डडेल्धुरा ९६।८, ७ असार ०७९ बझाङ्ग ९५।५५, २१ असार ०७८ अछाम ९५।५५, २९ असार ०७९ कैलाली ९६।२०, २३ भदौैँ ०७९ कञ्चनपुर ९६।२१ प्रतिशत नागरिक साक्षर घोषणा गरिएको थियो । साक्षर प्रदेश घोषणा कार्यक्रममा प्रदेश सरकार, संसददेखि सरोकारवालाले ऐतिहासिक ‘कोशे ढुङगा’को क्षणका रुपमा लिएका छन ।
शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले वडादेखि जिल्ला हुदै प्रदेश तहसम्मका शिक्षासंग सरोकार राख्ने निकायको अथक प्रयासबाट प्रदेश नै साक्षर घोषणा गरिएको बताए  । राष्ट्रिय अभियानलाई नै सार्थकता दिने गरेर प्रदेशले साक्षर घोषणासंगै बाँकी असाक्षर नागरिकलाई पनि साक्षर बनाउनुपर्नेमा जोडदिए ।

शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयका सह सचिव हरि प्रशाद निरौलाले विगतमा ३५।३७ प्रतिशत नागरिक साक्षर, ४२, ४३ बर्ष औषत आयु रहेकोमा अहिले बृद्धि भएको बताए । सहसचिव निरौलाले हालका बर्षहरुमा साक्षर आयु बृद्धि भएको भन्दै देशकै लागि शिक्षा क्षेत्रमा सफलता भएको बताए । सुप प्रदेश सरकारका मुख्य सचिव डा। कमल प्रशाद पोखरेलले साढे सात दशकमा शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति भएको भन्दै पाईएको उपलब्धी रक्षामा जोडदिएका छन ।

प्रमुख प्रतिपक्षीय दल एव नेकपा माओवादी केन्द्र सुप प्रदेश संसदीय दलका नेता खगराज भट्टले शिक्षा संसार परिर्वतन गर्ने अस्त्र रहेको बताउँदै प्रदेशमा शिक्षा क्षेत्रमा देखिएका समस्या पहिचान गर्दै अघि बढ्नुपर्नेमा जोडदिए । ‘पछिल्ला दिनहरुमा युवा विदेश पलायनको लहरले गाँउ खाली हुदैछन, ‘उनले भने, ‘शिक्षाको नीति, कार्यक्रम यस तर्फ समेत लक्षित गर्नुपर्छ ।’
एमाले संसदीय दलका नेता एव पुर्वमुख्यमन्त्री राजेन्द्र सिह रावलले प्रदेश साक्षरता घोषणा प्रारम्भिक भएकाले अब शिक्षाका अवसर पहिचान गर्दै प्रदेशलाई शिक्षाबाटै आत्मनिर्भरमा जोडदिए । कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका समाजिक विकासमन्त्री मेघ बहादुर खडकाले प्रदेश साक्षरता घोषणा संगै बाँकी पनि गर्दै आगामी दिनमा नागरिकलाई शिक्षिक बनाउने कार्यक्तम संचालन गरिने बताए ।

 

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले शिक्षा क्षेत्रबाट प्रदेशलाई साक्षर घोषणा गरिएसंगै अन्य क्षेत्रबाट समेत साक्षर बनाएर अघि बढ्ने बताए । मुख्यमन्त्री शाहले प्रदेशलाई थप प्रविधीमैत्री, सीपमुलक, जिवनोपयोगी व्यवहारिक बनाउने संकल्प गरेका छन । कार्यक्रममा शिक्षासंग सरोकार राख्ने सरकारी तथा गैर सरकारी क्षेत्रका प्रतिनिधीको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज