भीमदत्त नगरपालिका भित्रका मेलमिलाप कर्ताहरुसंग अन्तरक्रिया कार्यक्रम
महेन्द्रनगर–कञ्चनपुरको भीमदत्त नगरपालिकामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको आयोजना गरिएको छ । शुक्रबार पालिकाको रोजगार सेवा केन्द्रले न्यायिक समिति र वडाका मेलमिलापकर्ताहरु सँग अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमका सभापती नगरपालिकाका उपमेयर तथा न्यायिक समिती संयोजक निलम लेखक जोशी रहनुभएको थियो भने प्रमुख अतिथी भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी रहनुभएको थियो ।
रोजगार सेवा केन्द्रका संयोजक कृष्ण बहादुर चन्दले, गत पुष महिनादेखि भीमदत्त नगरपालकामा सामी कार्यक्रम लागुभएको बताउनुभयो । ‘स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए, सही सूचना लिएर र सीप सिकेर मात्र जाऔँ’ भन्ने नारासहित अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।
विषेश गरि विदेशमा रहनुभएका युवायुवती र विदेश जानेहरुलाई यस कार्यक्रम मार्फत सुझाव सल्लाह र परामर्श दिइदै आएको ...












