Advertisement

डिसीएको साँझेदारीमा सञ्चालित सुदृढ परियोजनाको कार्य क्षेत्रको अनुगमन

पप्पु गुरुङ्ग, दोधारा । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीएको साँझेदारीमा सञ्चालित सुदृढ परियोजनाको कार्य क्षेत्रको अनुगमन गरिएको छ् । डीसीए हेडक्वाटर डेनमार्कबाट आउनु भएका मिक्केल रेदर पौलसेन र किरा पेटरसेन, डीसीए नेपालको टोली र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को टोली, समुदाय र स्थानियबासी, पालिकाले संयुक्त रुपमा स्थलगत अनुगमन गरेको हो । परियोजनाले विपद् पूर्वतयारी तथा प्रतिकार्य साथै स्थानियबासीहरुको जीविको पार्जन लगाएत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले परियोजनाको कार्यक्रमबाट डीसीए हेडक्वाटर डेनमार्कको टोली, डीसीए नेपालको टोली, नगरपालिका र समुदाय सन्तुष्ट पाईएको बताउदै आगामी दिनमा पालिका संगको सहकार्यमा थप कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल भएको बताउनुभयो ।

डीसीए डेनमार्कका कोष अभिवृद्धि सल्लाहकार किरा पेटरसेनले विपद् व्यवस्थापन, पूर्वतयारी, प्रतिकार्य साथै युवा परिचालनमा परियोजनाले गरेका महत्वपूर्ण कार्यबाट डीसीए प्रभावित भएको बताउनुभयो । डीसीएका नेपाल प्रमुख सम्झना बिष्टले विपद् व्यवस्थापन साथै विपद् जोखिम न्यूनिकरणमा लामो समयदेखि काम गर्दै आएको बताउनुभयो । उहाँले स्थानीय पालिकाको सहयोगले मात्र समुदायलाई उत्थानशील बनाउने दिशामा महत्वपूर्ण काम गर्न सम्भव भएको तर्क गर्नुभयो ।

अवलोकनपछि टोलीले दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु, प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र साथै उत्थानशील युवा सञ्जाल संग छलफल गरेको थियो । छलफलका क्रममा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले विपद् व्यवस्थापन विशेष गरी पूर्वतयारीमा परियोजनाले महत्वपूर्ण काम गरेको बताउनुभयो । नगरप्रमुख किशोर कुमार लिम्बुले राहत वितरण कार्यमा पनि सुदृढ परियोजनाले ठूलो सहयोग गरेको बताउनुभयो ।

नगरप्रमुख लिम्बुले आगामी दिनमा थप कार्यक्रमका लागि सहकार्य गर्न पालिका तत्पर रहेको बताउनुभयो । टोलीले भीमदत्त नगरपालिकामा परियोजनाको सहयोगमा युवा उद्यमीले सञ्चालन गरेको गड्यौला मल उद्योगको अवलोकन गरेको थियो ।

साथै भीमदत्त नगरपालिका बजार क्षेत्रमा रहेको भीम वाटिका र ईको पार्क क्षेत्रको समेत अनुगमन गरेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

खडक बहादुर काेली महेन्भिद्रनगर - भीमदत्त  नगरपालिकाकी उप प्रमुख निलम लेखक जोशीले  माता तीर्थ औँसी अथवा आमाको मुख हेर्ने दिनकाे ...
सार्वजनिक खरिद ऐन संशोधनका लागि कञ्चनपुर निर्माण व्यवसायी संघद्वारा सुझाव समिति गठन

सार्वजनिक खरिद ऐन संशोधनका लागि कञ्चनपुर निर्माण व्यवसायी संघद्वारा सुझाव समिति गठन

महेन्द्रनगर– निर्माण व्यवसायी संघ कञ्चनपुरले सार्वजनिक खरिद ऐन ०६३ सशोधनका लागि सुझाव संकलन समिति गठन गरेको छ । नेपाल निर्माण व्यव...
भीमदत्तद्धारा शिक्षक दरबन्दी मिलान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन, एकलाई अपग्रेड ६ लाई मर्ज गर्ने सुझाव

भीमदत्तद्धारा शिक्षक दरबन्दी मिलान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन, एकलाई अपग्रेड ६ लाई मर्ज गर्ने सुझाव

महेन्द्रनगर–भीमदत्त नगरपालिकाले शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन तथा विद्यालय व्यवस्थापन सम्बन्धी कार्य गर्न गठन गरेको उच्च ...
इन्धनकाे मूल्य वृद्धिले निर्माण उद्योगमा ‘आपतकाल’ घोषणाको माग

इन्धनकाे मूल्य वृद्धिले निर्माण उद्योगमा ‘आपतकाल’ घोषणाको माग

महेन्द्रनगर - पेट्राेलियम पदार्थकाे मूल्य बढेकाे भन्दै कञ्चनपुरका निर्माण व्यवसायीहरूले उद्योगमा ‘आपतकाल’ घोषणाको माग गरेका छन् । ...
दैजी-जोगबुडा सडक निर्माण गर्न यस्तो आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडि लाश प्रदर्शन

दैजी-जोगबुडा सडक निर्माण गर्न यस्तो आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडि लाश प्रदर्शन

महेन्द्रनगर - दैजी जोगबुडा सडकको दैजी देखि लिपन सम्मको सडकखण्ड निर्माण सम्झौता भएको आठ वर्ष बितेपनि कालोपत्रे नबनेपछि मुख्यमन्त्री...
महेन्द्रनगरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

महेन्द्रनगरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

महेन्द्रनगर - महेन्द्रनगरमा एमाले र नेपाली कांग्रेसले संयुक्त प्रदर्शन गरेका छन् । पूर्व प्रधानमन्त्री एबं नेकपा ...
एमालेका २३ जनसंगठनको चेतावनी : कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण, कार्यान्वयन भए प्रतिरोध हुन्छ

एमालेका २३ जनसंगठनको चेतावनी : कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण, कार्यान्वयन भए प्रतिरोध हुन्छ

काठमाडौं- नेकपा एमाले सम्बद्ध २३ वटा जनसंगठनहरुले सरकारले गौरीबहादुर कार्की आयोगले तयार गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय आ...
४३औ प्रधानमन्त्री शाहको जीवनी यस्तो छ

४३औ प्रधानमन्त्री शाहको जीवनी यस्तो छ

महेन्द्रनगर – नेपालका ४३औँ प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) आयुर्वेदिक चिकित्सक रामनारायण शाह र धु्रवादेवी शाहका सुपुत्र हुन्। उ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज