कञ्चनपुर पत्रकार महासंघ नयाँ कार्यसमितिद्धारा पत्रकारको हकहितमा महत्वपूर्ण निर्णय
Breaking News 1, samachar, अर्थ, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, राजनीति, समाचार, सुदूरपश्चिम
महेद्रनगर - पत्रकार महासंघ कञ्चनपुर शाखा कार्यसमितिले पत्रकारको हकहित हुने महत्वपूर्ण निर्णय गरेको छ । महासंघको आज शुक्रवार कंचनपुर शाखाका अध्यक्ष सुरेश सिंह धामीको अध्यक्षतामा बसेको दोस्रो बैठकले जिल्लामा रहेका सञ्चार माध्यम र पत्रकारहरुको अभिलेखिकरण गर्ने निर्णय गरेको छ ।
जसमा कुन्दन पाण्डेयको संयोजकत्वमा कोषाध्यक्ष मोहन बिष्ट,सदस्यहरु,दिनेश राज ओझा,धन बहादुर बिक,हरिलाल जोशी सदस्य रहने गरि अभिलेखिकरण समिती चयन गरिएको छ । यस्तै पत्रकार कल्याण कोषको स्थापना गर्ने निर्णय भई पत्रकार कल्याण कोषको स्थापनाको लागि सुझाब संकलन , कार्यबिधी निर्देशिकाको निर्माणको लागि संस्थाका सचिव कुन्दन राज पाण्डेयको संयोजकत्वमा सदस्यहरु धन बहादुर महता र भवानी भट्ट९ भुवन ० सदस्य रहने गरि समिती चयन गरिएको समेत अध्यक्ष धामीले बताउनु भएको छ ।
स्वास्थ्यमा समस्या भएका पत्रकार ,साखा तथा कार्यसमिती सदस्य सुजित स...











