राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा दोधारा चाँदनीले गर्यो ४० जना जेष्ठ नागरिकलाई सम्मान
पप्पु गुरुङ्ग, दोधारा । चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा कञ्चनपुरको दोधारा चाँदनीमा ४० जना जेष्ठ नागरिकहरुलाई सम्मानित गरिएको छ् । दोधारा चाँदनीका दशै वटा वडाहरुबाट छनौट दलित, गरिव तथा विपन्न जेष्ठ नागरिकलाई सम्मान सहित तथा अन्तरक्रिया सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयका महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा लेखकले जानकारी दिनुभएको छ् । ‘सभ्य समाजको आधार : जेष्ठ नागरिक मैत्री घरपरिवार’ नारा सहित संचालन गरिएको जेष्ठ नागरिक सम्मान तथा अन्तरक्रिया कार्यक्रममा जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच सहित औषधी समेत बितरण गरिएको महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा लेखकले बताउनुभयो ।
कार्यक्रममा आफ्नो बिचार राख्दै जेष्ठ नागरिक समाज दोधारा चाँदनीका कोषाध्यक्ष कमलापती भट्टले नेपाल सरकारले जेष्ठ नागरिकहरुलाई बिभिन्न खाले सेवा सुबिद्या दिदै आएकोमा धन्यबाद दिनुभए...











