‘दराती रोड’ मा ठेकेदारले कमसल निमार्ण सामग्री प्रयोग गरेको गुनासो आएसंगै नगर प्रमुख लिम्बुले तत्काल एक्सन
पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ७ मा निमार्ण क्रममा रहेको बाबाथान बजार देखि महाकाली नदी जाने झण्डै ३ किलोमिटर सडक खण्ड निमार्ण कार्यमा ठेकेदारले कमसल निमार्ण सामग्री प्रयोग गरेको जनगुनासो आएपछि दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले निमार्ण कार्यको स्थलगत अनुगमन गर्नुभएको छ् । कालोपत्रे निमार्ण कार्यमा कमसल निमार्ण सामग्री प्रयोग गरेको स्थानियबासीहरुबाट गुनासो आएपछि स्थानियबासी, ठेकेदार संग भेट संगै निमार्ण कार्यको स्थलगत अनुगमन गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । सडक स्तरोन्नती सहित कालोपत्रे गर्न संघीय सरकारले गत वर्ष र चालु वर्षमा गरि रु. ३ करोड बजेट विनियोजन गरिएको नगर प्रमुख लिम्बुले बताउनुभयो । कमसल निमार्ण सामग्री प्रयोग गरिएको पक्की सडक पुन: निमार्ण गर्ने, मापदण्ड अनुसार निमार्ण कार्य ...











