Advertisement

Day: २३ भाद्र २०८१, आईतवार

एनएनएसडब्लुएद्धारा हरितालिका तीजको अवसरमा भीमदत्तमा निशुल्क खानेपानी वितरण

एनएनएसडब्लुएद्धारा हरितालिका तीजको अवसरमा भीमदत्तमा निशुल्क खानेपानी वितरण

Breaking News 2, विचार, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा महाकाली घाटस्थित रामेश्वर मन्दिर परिसरमा निशुल्क खानेपानी वितरण गरिएको छ। भीमदत्त नगरपालिका वडा नम्बर ११ को आयोजना तथा जनज्योती सामुदायिक विपद् व्यवस्थापन समितिको आर्थिक सहयोग साथै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको समन्वयमा निशुल्क खानेपानी वितरण गरिएको हो। खानेपानी वितरण कार्यमा भीमदत्त नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जालले सहयोग गरेको छ। तीजका दिनमा महिलाहरू तथा दर्शकलाई निशुल्क रूपमा खानेपानी वितरण गरिएको भीमदत्त नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष प्रकाश थापाले बताउनुभयो। उहाँले महिलाहरूलाई नाचगानका लागि डीजे साथै अन्य व्यवस्था समेत गरिएको जानकारी दिनुभयो। जनज्योती सामुदायिक विपद् व्यवस्थापन समितिका संयोजक जमुना सुनारले तीजको अवसरमा अत्याधिक गर्मीलाई मध्यनजर गर्दै निशुल्क खानेपानी वितरण गरिएक...
चाँदनीमा आदर्श रामलिला नाट्य श्रंखला संचालनको तयारी

चाँदनीमा आदर्श रामलिला नाट्य श्रंखला संचालनको तयारी

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा रामलिला संचालन हुने भएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ लक्ष्मी माध्यमिक बिद्यालयको प्रांगणमा आदर्श रामलिला समितिले यस वर्ष आदर्श रामलिला नाट्य श्रंखला संचालन गर्ने भएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख तथा आदर्श रामलिला समितिका संयोजक किशोर कुमार लिम्बु अध्यक्षतामा बसेको एक बैठकले आउदो घटस्थापना देखि रामलिला नाट्य श्रंखला संचालन गर्ने निर्णय गरेको हो । बिगतका दिनहरुमा लक्ष्मी माध्यमिक बिद्यालयको प्रांगणमा संचालन हुदै आएको भगवान रामको चरित्रमा आधारित आदर्श रामलिला नाट्य श्रंखला यस वर्ष पनि संचालन गर्ने भएको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । परम्परागत पर्वकै रुपमा मनाउदै आएको रामलिला यस बर्ष पनि निरन्तरता दिने तयारी भईरहेको नगर प्रमुख लिम्बुले बताउनुभएको छ् । भगवान रामको चरि...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज