Advertisement

Day: २७ चैत्र २०८१, बिहीबार

दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो : समिति

दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो : समिति

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
महेन्द्रनगर - दुर्गा प्रसाईलाई भारतको आसाम राज्य अन्तर्गत गुवाहाटी बाट त्यहाँको स्थानीय प्रहरीले नेपालको सीमासम्म सुरक्षित ल्याई पुरयाईएको राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन परिचालन समितिले बताएको छ । भारतको आसाम प्रहरीसमक्ष सुरक्षा माग गर्दै प्रसाई पुगेको र सुरक्षित रुपमा नेपालको सीमासम्म ल्याइपुर्‍याएको समितिले जनाएको छ। यसका लागि आसाम प्रहरीलाई समितिले धन्यवाद पनि दिएको छ। समितिका तर्फबाट प्रवक्ता स्वागत नेपालले केहीबेरअघि विज्ञप्ति जारी गरी प्रसाईँको पक्राउ वा आत्मसमर्पण नभई स्थानीय प्रहरीसमक्ष ज्यानको सुरक्षाका लागि गएको दाबी गरेका छन् । ‘क्यान्सरको बिरामी र अदालतको तारिखमा समेत रहेको हुँदा उहाँलाई सुरक्षित रूपमा अस्तालसम्म पुर्‍याउन र अदालतसम्म हाजिर हुनका लागि समेत सहयोग गर्न हामी राष्ट्रिय मानव अधिकार आयोग र सरकारसमक्ष अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ। यस्त...
स्थानीय सेवा ऐन जारी गर्न माग राख्दै कर्मचारी संगठनद्वारा मुख्यमन्त्री शाहलाई ज्ञापन

स्थानीय सेवा ऐन जारी गर्न माग राख्दै कर्मचारी संगठनद्वारा मुख्यमन्त्री शाहलाई ज्ञापन

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सभाबाट स्थानीय सेवा ऐन जारी गर्न माग अघि सार्दै प्रदेशमा कार्यरत विभिन्न कर्मचारी संघ संगठनहरुले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन । बिहीबार सात निजामती कर्मचारीका सघ संगठनहरुले स्थानीय सेवा ऐन जारी गर्न माग मुख्यमन्त्री कमल बहादुर शाहलाई ज्ञापन पत्र बुझाएका हुन । नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशका अध्यक्ष महादेव जोशीले निजामती कर्मचारी संगठन सहित सात संघ संगठनहरुले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको बताए । सुप प्रदेश बाहेक अन्य प्रदेशमा स्थानीय सेवा ऐन र नियमावली जारी भएको अवस्थामा सुप प्रदेशमा ढिलाई भईरहेको भन्दै ऐन पारित गराउनका लागि कर्मचारी संघ संगठन सडकदेखि आन्दोलनमा आउन बाध्य भएको मुख्यमन्त्री शाहको ध्यानार्कण गराएका छन । निजामती कर्मचारीहरुको आधिकारिक टे«ड यूनियन कैलालीका अध्यक्ष विमल प्रकास जोशी, एकीकृत सरकारी कर्मचारी संग...
कृष्णपुरका सरकारी विद्यालयका शिक्षक, कर्मचारीदेखि जनप्रतिनिधीले आफ्ना सन्तानलाई अनिवार्य सरकारी विद्यालयमा पढाउनुपर्ने

कृष्णपुरका सरकारी विद्यालयका शिक्षक, कर्मचारीदेखि जनप्रतिनिधीले आफ्ना सन्तानलाई अनिवार्य सरकारी विद्यालयमा पढाउनुपर्ने

ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सरकारी राज्य कोषबाट सुविधा लिने शिक्षकदेखि कर्मचारीलाई आफ्ना छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पठन पाठन गराउन निर्देशन दिएको छ । पालिकाले १६औ नगरसभाबाट आउँदो शैक्षिक सत्र ०८२ देखि सरकारी राज्य कोषबाट सुविधा लिने शिक्षक, कर्मचारीका जनप्रतिनिधी, विद्यालय व्यवस्थापन समितिका सन्तानलाई अनिवार्य सामुदायिक विद्यालयमा पठन पाठन गराउनुपर्ने निर्णय पास गरी उक्त निर्णय कार्यन्वयन गराउन शिक्षा, युवा तथा खेलकुद शाखा मार्फत सम्बन्धीत पक्ष सबैमा जानकारी गराएको हो । कृष्णपुर नगरका मेयर हेमराज ओझाले सामुदायिक विद्यालय विद्यार्थी बिहिन रित्तिन लागेपछि २८ पुष ०८१कोे नगर सभाबाटै पहिलो पटक सरकारी विद्यालयमा विद्यार्थी भर्नाका लागि निर्णय गरेको बताए । मेयर ओझाका अनुसार नगरपालिका अन्र्तरगत रहेका जनप्रतिनिधी, सामुदायिक विद्यालय व्यवस्थापन समितिका पदाधिका...
नेपाल प्रगतिशिल प्राध्यापक संगठन सुपवि केन्द्रीय क्याम्पस एकाई कमिटिको अध्यक्षमा उप–प्राध्यापक भट्ट निर्बिरोध

नेपाल प्रगतिशिल प्राध्यापक संगठन सुपवि केन्द्रीय क्याम्पस एकाई कमिटिको अध्यक्षमा उप–प्राध्यापक भट्ट निर्बिरोध

ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – नेपाल प्रगतिशील प्राध्यापक संगठन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस एकाई कमिटिको अध्यक्षमा उप–प्राध्यापक बिरेन्द्र प्रशाद भट्ट निर्विरोध निर्वाचित भएका छन् । बिहिबार सम्पन्न भएको नेपाल प्रगतिशील प्राध्यापक संगठन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस एकाई कमिटिको अधिवेशनबाट उप–प्राध्यापक भट्ट निर्बिरोध अध्यक्षमा चयन भएका हुन । उपाध्यक्षमा प्रकासचन्द्र बडू, सचिवमा डा. गम्भिर बहादुर चन्द, कोषाध्यक्षमा रमेश कुमार साउद, सदस्यमा हरिदत्त पन्त, मदन सिह खडका, हरीशरण भट्ट निर्विरोध चयन भएका छन । महाधिवेशन प्रतिनिधीमा शंकरदत्त भट्ट, टिकाराम खरेल, प्रकासचन्द्र बडू, राजेन्द्र प्रशाद जोशी, डा. राजेन्द्र पन्त रहेका छन । बन्दशत्रको अध्यक्षतामा प्रगतिशील प्राध्यापक संगठनका नेता महेन्द्र बहादुर चन्द र सदस्य शंकरदत्त भट्ट, राजेन्द्र प्रशाद जोशी रहेका थिए । नेपाल प्रगतिशिल प्र...
ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने शिक्षक महासंघको सरकारसंग अडान

ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने शिक्षक महासंघको सरकारसंग अडान

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार
महेन्द्रनगर – चैत २० गतेदेखि चरणबद्ध आन्दोलनरत शिक्षक महासंघले सरकारसँग बिहीबार गरेको वार्ता निष्कर्षविहीन टुंगिएको छ । पटकपटक सरकारले बोलाएको वार्ता अस्वीकार गर्दै आएको महासंघ बिहीबार साँझ महासंघका सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली लिएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुगेको थियो । सरकारको तर्फबाट शिक्षा मन्त्री विद्या भट्टराईको टोली सहभागी थियो । ५ बजेदेखि सुरु भएको वार्ता करिब डेढ घण्टा चलेको थियो । महासंघबाट नेतृव गरेर गएकी पराजुलीले छलफल सकारात्मक भएको र आफ्नो धारणा राखेको बताउनुभयो । ‘महासंघले विगतमा भएको सहमतिको कार्यनयन गर्दै ऐन जारी गर्न भनेको छ । विशेष अधिवेशन, बर्खे अधिवेशन तत्काल बोलाएर वा अध्यादेशबाट ल्याउने वातावरण बनाउन भन्यौं । मन्त्रालय गम्भीर भएको पाइयो,’ पराजुलीले भन्नुभयो । तीन ठूला दलका शीर्ष नेता, सभामुखसहितको बैठक राखेर टुंगो लगाउन पनि महासंघले भनेको ...
उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्याली क्रिकेट क्लबलाई

उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्याली क्रिकेट क्लबलाई

खेलकुद, ट्रेन्डिङ, मनोरञ्जन, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – बैतडीको पाटनमा सम्पन्न दोस्रो संस्करणको उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्याली क्रिकेट क्लबले जितेको छ । बिहिबार भएको फाइनलमा बनारसी क्रिकेट क्लबलाई ६ बिकेटले हराउदै पाटन भ्याली क्रिकेट क्लबले उपाधी जितेको हो । कृष्ण मावि को खेलमैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बनारसी क्रिकेट क्लबले १४ दशमलव ४ ओभरमा अलआउट हुदै ७२ रन बनाएको थियो । बनारसीका सुदर्शन भट्टले सर्वाधिक २१ रनको बनाए । भ्यालीका धिरेन चन्दले ४ विकेट लिए । ७३ रनको विजयी लक्ष्य पछ्याएको भ्यालीले ८ दशमलव १ ओभरमै लक्ष्य भेट्टायो । उपाधी विजेता पाटन भ्यालीले १ लाख १ हजार १ सय ११ नगदसहित ट्रफी मेडल प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको बनारसी क्रीकेट क्लबले ४५ हजारमा ५५ रुपैँया नगद सहीत ट्रफी मेडल प्रमाणपत्रमा चित्त बुझायो । जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका राहुल भण्डारी म्यान अफ द सिरिज घोषित भए...
मोबाइल बैंकिङका ग्राहक लक्षित ठगीबाट जोगिन साइबर ब्युरोले दियो सूझाव

मोबाइल बैंकिङका ग्राहक लक्षित ठगीबाट जोगिन साइबर ब्युरोले दियो सूझाव

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
महेन्द्रनगर – नेपाल प्रहरीको साइबर ब्युरोले आज सूचना जारी गर्दै सामाजिक सञ्जाल तथा म्यासेजमा पठाइएका लिंक क्लिक गरी आफ्ना विवरण सेयर नगर्न र कुनै पनि सफ्टवेयर आफ्नो मोबाइल, ल्यापटपलगायत उपकरणमा ‘इन्स्टल’ नगर्न अनुरोध गरेको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत अनलाइन माध्यमबाट लोन भुक्तानी गर्ने, शेयर बजारसम्बन्धी तालिम लिन सकिने र सोका लागि उपलब्ध गराइएको लिंक खोलेर आवश्यक सफ्टवेयर इन्स्टल गर्नुपर्ने भनी अवैध लिंक पठाउने गरेको पाइएको ब्युरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए । पछिल्लो समय सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाइ अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेतना अपनाउन नेपाल प्रहरीको साइबर ब्युरोले विज्ञप्ती जारी गरी सर्वसाधारणलाई सचेत गराएको हो ।...
नेपाल बारमा कांग्रेस–एमाले गठबन्धनका मिश्र–कोइराला भारी मतान्तरले विजयी, प्रचण्ड–माधव–रबिको टीम बढारियो

नेपाल बारमा कांग्रेस–एमाले गठबन्धनका मिश्र–कोइराला भारी मतान्तरले विजयी, प्रचण्ड–माधव–रबिको टीम बढारियो

ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
महेन्द्रनगर – नेपाल बार एसोसिएसनको निर्वाचनमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधव नेपाल र रास्वपाका सभापति रबि लामिछानेले बनाएको गठबन्धन बढारिएको छ । भर्खरै सम्पन्न मतगणना परिणामअनुसार निर्वाचनमा कांग्रेस–एमालेका साझा उम्मेदवार बन्नुभएका अध्यक्ष विजयप्रसाद मिश्र नेतृत्वको प्यानल नै भारी मतान्तरले निर्वाचित भएको छ । मिश्र ५०५२ मतसहित विजयी हुँदा उहाँका प्रतिस्पर्धी माओवादीले बनाएको विपक्षी गठबन्धनका रमन श्रेष्ठ २६२१ मतमा रोकिनु भएको छ । दुईजनाबीचको मतान्तर २४३१ रहेको छ । त्यस्तै महासचिवमा पनि कांग्रेस–एमाले प्यानलका केदारप्रसाद कोइराला ४८७४ मत पाएर विजयी हुँदा यज्ञमणि न्यौपानेले २३६७ भोट मात्र ल्याएर चित्त बुझाउनु परेको छ । अन्य पदका पनि बिपक्षी गठबन्धन नराम्रोसँग पराजीत भएको छ । बारको उपाध्यक्षमा कोशी प्रदेशबाट पदमप्रसाद लिम्बू, मधेसबाट अजयशंकर झा, बा...
अघिल्लो सरकारको कार्यशैलीका कारण मुलुक आर्थिक संकटमा परेको अर्थमन्त्री विष्णु पौडेलको खुलासा

अघिल्लो सरकारको कार्यशैलीका कारण मुलुक आर्थिक संकटमा परेको अर्थमन्त्री विष्णु पौडेलको खुलासा

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
महेन्द्रनगर – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारको गलत काम कारबाहीले गर्दा मुलुक आर्थिक संकटमा परेको खुलासा गर्नुभएको छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिमा बिहीबार चालु आर्थिक वर्ष ०८१÷०८२ को बजेटको खर्चको स्थिति र अगामी आर्थिक वर्ष ०८२र०८३ को बजेटको तयारी सम्बन्धी छलफलमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो तथ्य राख्नुभएको हो । उहाँले अघिल्लो सरकारले प्रतिबद्धता गरेअनुसार काम गर्न नसक्दा मुलुक ग्रे लिष्टमा पुगेको बताउनु भयो । अहिलेको सरकार देशलाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्यतालिका बनाएरै अगाडि बढेको जानकारी पनि उहाँले दिनुभयो । अर्थमन्त्री पौडेलले खर्च व्यवस्थापनको सन्दर्भमा कानुनी व्यवस्था अद्यावधिक गर्नुपर्ने आवश्यकता रहेको बताउँदै विनियोजन कौशलको पनि पुँजीगत खर्च न्यून हुनुमा भूमिका खेलेको बताउनु भयो । ‘चालु आर्थिक वर्षमा राजस्व परिचालनको लक्ष्य ३३...
डडेल्धुराको त्रिबेणि बहुमुखी क्याम्पसको स्वबियु निर्वाचनमा नेबिसंघ प्यानलसहित बिजयी

डडेल्धुराको त्रिबेणि बहुमुखी क्याम्पसको स्वबियु निर्वाचनमा नेबिसंघ प्यानलसहित बिजयी

ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – डडेल्धुराको त्रिबेणि बहुमुखी क्याम्पसको चैत २७ गते सम्पन्न स्वबियु निर्वाचनमा नेपाली काङ्ग्रेस निकट नेपाल बिद्यार्थी संघ(नेविसंघ)को प्यानलसहित बिजयी भएको छ । एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को सयुक्त प्यानललाई पराजीत गर्दै काङ्ग्रेस निकट नेवि संघको प्यानल बिजयी भएको हो । त्रिबेणि बहुमुखी क्याम्पस जोगबुडाको स्वबियु सभापतिमा प्रकाश अवस्थी, सचिवमा भुवन बोेहरा, कोषाध्यक्षमा बिन्द्रा धामी, सदस्यहरुमा नेपाल बिद्यार्थी संघबाट केशब बोहरा, निर्मला धामी, सरस्वती सुनार, अस्मिता खड्का, उषा पाण्डेय(उर्मिला) र निराजन बोहरा निर्वाचित भएका हुन । जम्मा ३ सय ११ मतदाता अर्थात बिद्यार्थी रहेको त्रिबेणि बहुमुखी क्याम्पस जोगबुडामा जम्मा ३ सय १ मत खसेको निर्वाचन अधिकृत तेज बहादुर साउदले जानकारी दिए । उहाका अनुसार चैत २७ गते बिहान ठिक १० वजे वाट सुरु भएको मतदान ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज