विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई तालिम
महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई तालिम दिईएको छ । शिक्षा विकास निर्देशनालय दिपायल, डोटीले सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघसंगको सहकार्यमा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न तालिम दिईएको हो । शुक्रबार र शनिबार गरी दुई दिन महेन्द्रनगरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई तालिम दिएको महासघले जनाएको छ ।
कार्यक्रममा शिक्षा विकास निर्देशनालय दिपायल डोटीका महानिर्देशक दुर्गादत्त विष्टले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि गरिएको कार्यक्रमबाट सिकेका विषयबस्तु व्यवहारिक जिवनमा प्रयोग गर्न आग्रह गरेका छन । ‘सार्वजनिक शिक्षा सुधारका लागि विद्यालय व्यवस्थापन समितिको पनि महत्वपूर्ण भूमिका हुन्छ, ‘महानिर्देशक विष्टले भने, ‘सामुदायिक विद्यालयको बृद्धि विकासका लागि सरकारको मात्रै नभई समुदायका अध्यक्ष ज्यूहर...















