Advertisement

महेन्द्रनगर जेसीजद्धारा क्षेत्र ‘घ’ सम्मेलनको लोगो सार्वजनिक, सम्मेलनले सुपको पर्यापर्यटन प्रचारप्रसारको अपेक्षा

कञ्चनपुर – महेन्द्रनगर जेसीजको आयोजनामा महेन्द्रनगरमा असोज ३ र ४ गते हुने नेपाल जेसीज क्षेत्र ‘घ’ सम्मेलनको लोगो सार्वजनिक गरीएको छ । महेन्द्रनगर जेसीजको आतिथ्यमा हुने सम्मेलनका लागि विहीबार जिल्ला समन्वयमा पत्रकार सम्मेलनको अयोजना गरी लोगो सार्वजनिक गरीएको हो ।
पत्रकारसम्मेलनमा प्रमुख अतिथि रहेका जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहराले लोगो सार्वजनिक गरेका थिए । नेपाल जेसीस क्षेत्र घ सम्मेलन निर्देशक तथा महेन्द्रनगर जेसीज वर्ष २००६ का अध्यक्ष कृष्णप्रसाद पाठकको अध्यक्षतामा सार्वजनिक गरीएको लोगामा सुदूरपश्चिम प्रदेशका प्रमुख पर्यटकीय स्थल दार्चुलाको अपि, सैपाल हिमाल, दोधारा झोलुङ्गगे पुल, कर्णाली पुल, दुई वटा ब्राह्सिंगाको चित्र समावेश गरी निर्माण गरीएको छ । सुदूरपश्चिम प्रदेशको पर्यटनलाई टेवा पुगोस भन्ने उदेश्यले यहाका पर्यटकिय गन्तव्यहरुको चित्र समावेस गरी सम्मेलनको लोगो तयार गरीएको महेन्द्रनगर जेसीज अध्यक्ष राजेन्द्रप्रसाद अवस्थीले बताए । ‘सुदूरपश्चिम प्रदेशको पर्यापर्यटनलाई टेवा पु¥याउने उदेश्यले यहाका प्रसिद्ध पर्यटकिय स्थलहरू लोगोमा राखेकाछौ’ उनले भने ।

जिल्ला समन्वय समिति प्रमुख बोहराले सम्मेलनलाई पर्यटन, संस्कृति र परम्पराको प्रचार–प्रसारको उत्कृष्ट अवसरका रूपमा लिने बताए। ‘हाम्रो समृद्धिको आधार पर्यटन हो। दुई विशाल मित्रराष्ट्र नजिकै भएकाले पर्यटक भित्र्याउन सकिन्छ भने यस क्षेत्रको मात्र नभई देशकै समृद्धिमा टेवा पुग्छ,’ उनले भने ‘यस्तो अवसर गुमाउनु हुदैन भन्ने मेरो भनाई हो, सम्मेलनले हाम्रो ठाँउका पर्यटकिय स्थलहरुको भरपुर प्रचारप्रसार हुनेछ भन्ने आशा पनि लिएकाछौ।’
सम्मेलन निर्देशक पाठकले नारायणदेखि कञ्चनपुरसम्मका ५६ वटा शाखाका पाच सय बढि जेसीज सहित हजारौको सहभागिता रहने बताए । जेसिसको मात्रै हित नभई सुदूरपश्चिम क्षेत्रको पर्यटन प्रवद्धनमा समेत टेवा पुगोस भनेर नै अपि हिमाल, ब्राह्सिंगा, लगायतको चित्र समेटेर लोगो सार्वजनिक गरीएको पाठकले बताए । पत्रकार सम्मेलनमा स्वागत मन्तव्य महेन्द्रनगर जेसिसका महासचिव लक्ष्मण दत्त पन्तले राखेका थिए । पत्रकार सम्मेलनमा पुर्व अध्यक्ष धर्मानन्द खत्री, दिपकराज भट्ट, पवनचन्द्र लेखक, दिपकरजा जोशी र पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामी अतिथि रहेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

शिक्षा विकास निर्देशनालय डोटी कार्यसम्पादनमा टप

शिक्षा विकास निर्देशनालय डोटी कार्यसम्पादनमा टप

धनगढी – नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र(ईआरओ) ले गरेको कार्यसम्पादन परीक्षणमा श...
एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

काठमाडौं- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन विहान नौ बजेबाट सुरु हुँदैछ । पार्टीका प्रचार तथा प्रकाशन विभ...
महाकाली यातायात बहुदेश्यीय कम्पनीको अध्यक्षमा भट्ट निर्वाचित, सदस्यमा कोको निर्वाचित भए ?

महाकाली यातायात बहुदेश्यीय कम्पनीको अध्यक्षमा भट्ट निर्वाचित, सदस्यमा कोको निर्वाचित भए ?

महेन्द्रनगर - महाकाली यातायात बहुदेश्यीय कम्पनी प्रालिको अध्यक्षमा नविन भट्ट निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनमा १ सय ...
संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

धनगढी – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवा...
सुदूरपश्चिमको मौलिक स्वाद प्रवर्द्धन गर्न ‘सुप थाली’ सार्वजनिक

सुदूरपश्चिमको मौलिक स्वाद प्रवर्द्धन गर्न ‘सुप थाली’ सार्वजनिक

कञ्चनपुर - सुदूरपश्चिमको मौलिक, अर्गानिक तथा परम्परागत खानपानलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले स्थानीय परिकारयुक्त ‘सुप थाली’...
वडा अध्यक्ष खत्री राप्रपा कञ्चनपुरको जिल्ला अध्यक्षमा चयन

वडा अध्यक्ष खत्री राप्रपा कञ्चनपुरको जिल्ला अध्यक्षमा चयन

महेन्द्रनगर–राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) कञ्चनपुरले नयाँ नेतृत्व पाएको छ । बुधबार महेन्द्रनगरमा सम्पन्न सातौ जिल्ला अधिबे...
कृष्णपुरका युवाहरुको सराहनीय कार्य : तीज विशेष कार्यक्रममा उठेको रकम बाढीपीडितलाई सहयोग

कृष्णपुरका युवाहरुको सराहनीय कार्य : तीज विशेष कार्यक्रममा उठेको रकम बाढीपीडितलाई सहयोग

महेन्द्रनगर - कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित राधाकृष्ण मन्दिर परिसरमा स्थानीय युवाहरूको सक्रियतामा आयोजना गरिएको ती...
दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

धनगढी- दार्चुला जिल्लाको पश्चिमोत्तरको व्यास गाउँपालिका–४ मडगाउँमा गत भदौ २८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले ७ परिवार बिस्थ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज