Advertisement

पावर अफ युथको ‘क्लीन महेन्द्रनगर, ग्रीन महेन्द्रनगर’ अभियान अन्तरगत गल्ली नं. ५, ४ र ३मा सरसफाई

महेन्द्रनगर–महेन्द्रनगर बजारलाई सफ सुन्दर, आकर्षक, हरीयाली बनाउने उदेश्यकासाथ असारको दोस्रो शनिबार १४ गतेदेखि सुरु गरीएको सरसफाई अभियान निरन्तर चलिरहेको छ । ‘क्लीन महेन्द्रनगर, ग्रीन महेन्द्रनगर’ भन्ने मुल नारा रहेको अभियान अन्तरगत साउनको तेस्रो शनिबार १७ गते गल्ली नं. ५, ४ र ३ मा सरसफाई गरीएको हो ।

पावर अफ युथ’ का पदाधिकारी, वोर्ड सदस्य, सदस्य, साधारण सदस्य, महेन्द्रनगर नमुना मावि(साधारण), ग्लोवल एकेडेमी, एपेक्स गोदावरी, फ्लोरिडा, ज्ञानदिप विद्यामन्दिर विद्यालय लगायतका विद्यार्थी, स्थानीय, नेपाल प्रहरी, नगर प्रहरीसहित सयौको सहभागितामा साउन १७ गते शनिबारको सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

बजारको गल्ली नं. ५ देखि गल्लि नं. ३ सम्म सरसफाई गरीएको पावर अफ युथकी अध्यक्ष प्रकृति भट्टले बताईन् । ‘आज हामीले गल्ली नं. ५देखि गल्लि नं. ३ सम्म तथा मदनचोकदेखि पार्कसम्म सरसफाई गरेका छौ,’ अध्यक्ष भट्टले भनिन्, ‘सबैले भन्छन् मैले होईन मैले होईन तर सबैले अलिअलि गर्दा फोहर जम्मा भएको हो, जो सफा गरीदिनुहुन्छ उहालाई धन्यवाद छ, जो फोहर फाल्नु हुन्छ उहाँलाई फोहर जथाभावि फोहर नफालिदिनहुन अनुरोध गर्दछु, नगरपालिकाको गाडि आईरहेको हुन्छ गाडिलाई फोहर दिईदिनुहोला गाडि आउदैन भने खवर गर्नुहोला ।’

भीमदत्त नगरपालिका, बर्गर हाउस, बल्र्डलिंक कमुनिकेसनलगायत विभिन्न संघसंस्था र व्यपारीहरुले सरसफाई सामग्रिलगायत खाजा नास्ताको सौजन्य गर्ने गरेको पावर अफ युथका वोर्ड सदस्य अंकित जोशीले बताए । उनका अनुसार छैठौ शनिबारको सरससफाई कार्यक्रममा बजारको विभिन्न गल्लिहरुमा सरसफाई गरीएको छ ।
घरधनीहरुलाइ भेटेर जथाभावि फोहर नफाल्न र घरअगाडि डष्टविनको व्यवस्था गरीदिन अनुरोध गरेको अंकित जोशीले बताए । आयोजक पावर अफ युथका युवा तथा सरसफाई अभियानमा जोडिएका विद्याथीहरुले अभियानमा जोडिन सबैमा आग्रह गरे । पावर अफ युथको अगुवाईमा उक्त अभियान अन्तरगत प्रत्येक शनिबार विहान ७ बजेदेखि ९ बजेसम्म दुई घण्टा बजारको विभिन्न स्थानमा सरसफाई अभियान सञ्चालन भईरहेको हो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

शिक्षा विकास निर्देशनालय डोटी कार्यसम्पादनमा टप

शिक्षा विकास निर्देशनालय डोटी कार्यसम्पादनमा टप

धनगढी – नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र(ईआरओ) ले गरेको कार्यसम्पादन परीक्षणमा श...
एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

काठमाडौं- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन विहान नौ बजेबाट सुरु हुँदैछ । पार्टीका प्रचार तथा प्रकाशन विभ...
महाकाली यातायात बहुदेश्यीय कम्पनीको अध्यक्षमा भट्ट निर्वाचित, सदस्यमा कोको निर्वाचित भए ?

महाकाली यातायात बहुदेश्यीय कम्पनीको अध्यक्षमा भट्ट निर्वाचित, सदस्यमा कोको निर्वाचित भए ?

महेन्द्रनगर - महाकाली यातायात बहुदेश्यीय कम्पनी प्रालिको अध्यक्षमा नविन भट्ट निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनमा १ सय ...
संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

धनगढी – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवा...
सुदूरपश्चिमको मौलिक स्वाद प्रवर्द्धन गर्न ‘सुप थाली’ सार्वजनिक

सुदूरपश्चिमको मौलिक स्वाद प्रवर्द्धन गर्न ‘सुप थाली’ सार्वजनिक

कञ्चनपुर - सुदूरपश्चिमको मौलिक, अर्गानिक तथा परम्परागत खानपानलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले स्थानीय परिकारयुक्त ‘सुप थाली’...
वडा अध्यक्ष खत्री राप्रपा कञ्चनपुरको जिल्ला अध्यक्षमा चयन

वडा अध्यक्ष खत्री राप्रपा कञ्चनपुरको जिल्ला अध्यक्षमा चयन

महेन्द्रनगर–राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) कञ्चनपुरले नयाँ नेतृत्व पाएको छ । बुधबार महेन्द्रनगरमा सम्पन्न सातौ जिल्ला अधिबे...
कृष्णपुरका युवाहरुको सराहनीय कार्य : तीज विशेष कार्यक्रममा उठेको रकम बाढीपीडितलाई सहयोग

कृष्णपुरका युवाहरुको सराहनीय कार्य : तीज विशेष कार्यक्रममा उठेको रकम बाढीपीडितलाई सहयोग

महेन्द्रनगर - कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित राधाकृष्ण मन्दिर परिसरमा स्थानीय युवाहरूको सक्रियतामा आयोजना गरिएको ती...
दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

धनगढी- दार्चुला जिल्लाको पश्चिमोत्तरको व्यास गाउँपालिका–४ मडगाउँमा गत भदौ २८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले ७ परिवार बिस्थ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज