Advertisement

Day: १९ श्रावण २०८२, आईतवार

स्रोत नखुलेको ७८ लाख नेपाली रुपैया सहित एक जना पक्राउ

स्रोत नखुलेको ७८ लाख नेपाली रुपैया सहित एक जना पक्राउ

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–स्रोत नखुलेको ठुलो परिमाणमा नेपाली रुपयाँका नोटसहित एक जना पक्राउ परेका छन् । नेपालको कञ्चपनुर जिल्लाको गड्डाचौकी नाकासंग जोडिएको भारतिय नाका बनवासामा भारतिय सुरक्षा बल एसएसविले भारतबाट नेपालतर्फ आईरहेका भारतीय एक जनालाई ७८ लाख नेपाली रुपयाँ सहित पक्राउ गरेको हो । आईतबार ५७ वाहिनी सशस्त्र सिमा बल बनबसा चौकीका निमित्त बाहिनी कमाण्डर दिपक सिंह जयाडाको निर्देशनमा कडा सुरक्षाका साथ निगरानी राखिएको बनवासाको टिमलेअन्तराष्ट्रिय चेकपोष्टमा परिक्षणको क्रममा ७८ लाख नेपाली रुपयाँ सहित भारतको चम्पावत जिल्ला बनबसा मिना बवार बस्ने रजा अन्सारीका छोरा ३२ बर्षिय सलमान अन्सारीलाई पक्राउ परेका हुन् । विशेष सूचनाका आधारमा अन्सारीले चलाएको मारुति अर्टिगा ग्पयघत्ब्द्दण्द्दज्ञ को खानतलासि गर्दा उक्त रकम बराबरको नेपाली नोट फेला परेका छन् । भारतिय सिमा सुरक्षाबल एसएसविले सिमानाकामा हुने अपराधिक क्रिया...
‘चित्तलको उद्धारपश्चात उपचारका लागि राखिएको हो’ : मेयर ओझा

‘चित्तलको उद्धारपश्चात उपचारका लागि राखिएको हो’ : मेयर ओझा

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको कृष्णपुर नगरकाका नगर प्रमुख हेमराज ओझाले घाइते चित्तलको बच्चालाई उद्धार गरी उपचारका लागि मात्रै नगरपालिकामा राखिएको बताएका छन् । शनिबार पत्रकार सम्मेलन गरी अबैधरुपमा पालिएको चित्तलको विषयमा नगर प्रमुख ओझाले गलत नियतका साथ नगरपालिकामा चित्तल नराखिएको बताएका हुन् । उनले नियत सफा राखेर पालिएको र यस विषयमा पुर्व डिएफो कडेल र बर्तमान डिएफो यादबलाई मौखिक जानकारी गराएको पनि बताए । निगाली स्वास्थ्य चौकीमा भवन बनाउनका लागि प्रदेश सरकारको ८०÷८५ लाखको अनुदान आएको र त्यहा सालको रुख बिपतका दृष्टिकोणले नोक्सान गर्न सक्ने भएकोले रुख ब्यवस्थापनका लागि डिएफोसंग छलफलको क्रममा चित्तलको बारेमा जानकारी दिएको मेयर ओझाले बताए । आफुलाई चित्तल पाल्ने सौख नभएको उल्लेख गर्दै नगर प्रमुख ओझाले आफ्नै जमिनमा खोर बनाएर पाल्न सक्ने तर चित्तललाई उपचारका लागि मात्रै राखिएको बताए । ‘म पाल्ने भा भए मेर...
पावर अफ युथको ‘क्लीन महेन्द्रनगर, ग्रीन महेन्द्रनगर’ अभियान अन्तरगत गल्ली नं. ५, ४ र ३मा सरसफाई

पावर अफ युथको ‘क्लीन महेन्द्रनगर, ग्रीन महेन्द्रनगर’ अभियान अन्तरगत गल्ली नं. ५, ४ र ३मा सरसफाई

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–महेन्द्रनगर बजारलाई सफ सुन्दर, आकर्षक, हरीयाली बनाउने उदेश्यकासाथ असारको दोस्रो शनिबार १४ गतेदेखि सुरु गरीएको सरसफाई अभियान निरन्तर चलिरहेको छ । ‘क्लीन महेन्द्रनगर, ग्रीन महेन्द्रनगर’ भन्ने मुल नारा रहेको अभियान अन्तरगत साउनको तेस्रो शनिबार १७ गते गल्ली नं. ५, ४ र ३ मा सरसफाई गरीएको हो । पावर अफ युथ’ का पदाधिकारी, वोर्ड सदस्य, सदस्य, साधारण सदस्य, महेन्द्रनगर नमुना मावि(साधारण), ग्लोवल एकेडेमी, एपेक्स गोदावरी, फ्लोरिडा, ज्ञानदिप विद्यामन्दिर विद्यालय लगायतका विद्यार्थी, स्थानीय, नेपाल प्रहरी, नगर प्रहरीसहित सयौको सहभागितामा साउन १७ गते शनिबारको सरसफाई कार्यक्रम सम्पन्न भएको छ । बजारको गल्ली नं. ५ देखि गल्लि नं. ३ सम्म सरसफाई गरीएको पावर अफ युथकी अध्यक्ष प्रकृति भट्टले बताईन् । ‘आज हामीले गल्ली नं. ५देखि गल्लि नं. ३ सम्म तथा मदनचोकदेखि पार्कसम्म सरसफाई गरेका छौ,’ अ...
लगातार पाँच पटकको विजेता कोरेनलाई पराजित गर्दै रवीन्द्र ढाट बने एमएफएन च्याम्पियन

लगातार पाँच पटकको विजेता कोरेनलाई पराजित गर्दै रवीन्द्र ढाट बने एमएफएन च्याम्पियन

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) मा नेपाली एमएमए फाइटर रवीन्द्र ढाटले भारतीय फाइटर चुनरेङ कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियन बनेका छन् । उनी एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेका छन् । शक्तिशाली रेसलिङ र आक्रामक पावरका लागि चर्चित ‘दि इन्डियन राइनो’ उपनामले परिचित कोरेनले सुरुदेखि नै दबाब सिर्जना गर्ने प्रयास गरेपनि रवीन्द्रले शान्त संयोजन र कुशल रणनीतिका साथ फाईट गरेका थिए । तेस्रो राउण्डमा भने रवीन्द्रले तीव्र गतिमा प्रहार गर्न थालेपछि कोरेनलाई गम्भीर संकट आयो र अन्ततः निर्णायक कम्बिनेसन प्रहारपछि रेफ्रीले फाइट रोके र रवीन्द्रलाई टीकेओ द्वारा च्याम्पियन घोषणा गरे । उनलाई च्याम्पियनको बेल्ट प्रदान गरीयो । यो जितसँगै रवीन्द्रको प्रोफेशनल रेकर्ड ८–१ पुगेको छ भने उनले कोरेनको पाँच खेलको जित यात्रा तोडेका छन्। विजयी क्षणमा रंगशाला उत्साहले भरिएको थियो...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज