Advertisement

जनज्योति सेकेन्डरीका विद्यार्थीले बनाएका रोबर्टबीच फुटबल प्रतियोगिता

महेन्द्रनगर – जनज्योति सेकेन्डरी स्कुलले विद्यार्थीहरुको नविनतम प्रविधिसंग सिकाई कार्य गराउन तीन दिने छुकछुके रोबोट निर्माण कार्य सम्बन्धि तीन दिने कार्यशाला गरेको छ ।

गोदावरी आविष्कार केन्द्रको सहकार्यमा तीन दिन सम्म गरिएको उक्त कार्यशालामा जनज्योतिका ३० जना विद्यार्थी सहभागी भएका छन् । उनीहरुले रोबर्ट बनाउन, त्यसमा कोडिङ गर्न सिकेका छन् ।


विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज जोशीले विद्यार्थीलाई नविनत प्रविधिसंग जोडेर सिकाई कार्य गराउन कार्यशाला गरिएको बताए ।


‘यो एक प्रकारको नविनतम प्रविधिसित विद्यार्थीहरुको सिकाई कार्य हो’ प्रिन्सिल जोशीले भने,‘यसमा रोबोट कसरी बन्छ, यसको प्रोग्राम कसरी सेट हुन्छ, त्यसले कसरी काम गर्छ भन्ने सबै जानकारी थाह पाएर रोबोट निर्माण गरी समापनमा उनीहरूले निर्माण गरेका रोबर्ट बीच फुटबल प्रतियोगिता नै गरियो ।’

कार्यशालाले विद्यार्थी आफैंले आफैलाई चिन्न मौका पाएको र चौतर्फी विकासमा सहयोगी हुने समेत उनले बताए । ‘यो विद्यार्थीको चौतर्फी सिर्जनात्मक विकासका लागि आवश्यक हुन्छ’ उनले भने ।

गोदावरी आविष्कार केन्द्रका सञ्चालक इन्जिनियर किरण भट्ट र प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामशेर साउँदले कार्यशालामा सहजीकरण गरे ।

सिइओ साउँदले विद्यार्थीहरुको अहिलेको नवितन प्रविधिसंग जोडिनु पर्ने अपरिहार्यता भएको र उनीहरु के चाहन्छन् त्यसका कारण पठनपाठन गरिनु पर्ने बताए ।

दुई वर्ष अघि गोदावरी आविष्कार केन्द्र सञ्चालनमा ल्याइएक उनले विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग, कला र गणितलाई एकसाथ सिकाउने लक्ष्यका साथ आविष्कार केन्द्र सञ्चालन गरिएको उनी बताए ।

कार्यशाला समापनमा विद्यार्थीहरुसंगै अभिभावक पनि सहभागी भए । समापनमा विद्यार्थीहरुले आफैले बनाएका रोबोटबीच फुटबल प्रतिस्पर्धा गरे ।
जनज्योति एजुकेशनल फाउण्डेशनका अध्यक्ष माधव प्रसाद जोशी, बुद्धिजीवि एबम् शिक्षा अधिकारी रामदत्त भट्ट लगायत समापनमा सहभागी थिए ।

शिक्षा अधिकारी भट्टले अहिलेको शिक्षा सूचना प्रविधिसंग सम्बन्धित हुनु पर्ने बताए । विद्यालयले नविनतम प्रविधिसित विद्यार्थीलाई जोड्ने आयोजना गरेको कार्यशाला नमूना अभ्यास भएको उनले उल्लेख गरे ।
समापनमा सहभागी विद्यार्थीलाई प्रमाण पत्र प्रदान गरियो । सहभागीमध्ये प्रतिक जोशी, प्रज्वल चन्द, आभाष जोशी लगायतले आफ्नो अनुभव सुनाए ।


विद्यालयका प्रिन्सिपल जोशीले आगामी दिनमा नविनतम प्रविधिसंग सम्बन्धि विषयमा कार्यक्रम गर्दै जाने र कार्यशालालाई निरन्तरता दिइने बताए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिपको दोस्रो दिन : लिटिल बुद्ध, कञ्चनजंघा र महाकाली सेकेन्डरी विजयी

होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिपको दोस्रो दिन : लिटिल बुद्ध, कञ्चनजंघा र महाकाली सेकेन्डरी विजयी

महेन्द्रनगर - होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिपको दोस्रो दिन भएको पहिलो खेलमा लिटिल बुद्ध एकेडेमी विजय भएको छ।...
एयर राइफल विधामा कञ्चनपुरका चन्दले जिते रजत पदक

एयर राइफल विधामा कञ्चनपुरका चन्दले जिते रजत पदक

महेन्द्रनगर - कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ गोबरियाका युवा सुनिल चन्दले काठमाडौंमा सम्पन्न २७औँ पुरुष राष्ट्रिय सुटिङ च्याम्पियन...
स्कुल लेबल च्याम्पियनसिप सुरु, कञ्चनपुरका १६ स्कूलको सहभागिता

स्कुल लेबल च्याम्पियनसिप सुरु, कञ्चनपुरका १६ स्कूलको सहभागिता

महेन्द्रनगर - कञ्चनपुर जिल्लामा जिल्ला क्रिकेट संघ कञ्चनपुरको आयोजनामा होली फेम्ली राष्टिय क्रिकेट 'स्कुल लेबल च्याम्पियनसिप सुरु ...
आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

महेन्द्रनगर- बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले २७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्...
लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

महेन्द्रनगर – लालझाडी गाउँपालिकाले २१ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा तिन जनालाई सम...
एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

महेन्द्रनगर – एसईई परिक्षामा चार जिपिए ल्याई उत्तीर्ण भएकी समृद्धी ऐरीलाई सम्मान गरीएको छ । बिहिबार भीमदत्त नगरपालिका १८ कटानस्थित...
भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

महेन्द्रनगर– होली फेम्लि ईग्लिस मिडियम स्कूलको आयोजनामा संञ्चालित भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता अन्तरगत सेमि...
भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

महेन्द्रनगर – भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत चौथो दिनको खेलमा शान्ती निकेतन मावि र होली फेम्ली ईग्लिस...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज