जनज्योति सेकेन्डरीका विद्यार्थीले बनाएका रोबर्टबीच फुटबल प्रतियोगिता
महेन्द्रनगर - जनज्योति सेकेन्डरी स्कुलले विद्यार्थीहरुको नविनतम प्रविधिसंग सिकाई कार्य गराउन तीन दिने छुकछुके रोबोट निर्माण कार्य सम्बन्धि तीन दिने कार्यशाला गरेको छ ।
गोदावरी आविष्कार केन्द्रको सहकार्यमा तीन दिन सम्म गरिएको उक्त कार्यशालामा जनज्योतिका ३० जना विद्यार्थी सहभागी भएका छन् । उनीहरुले रोबर्ट बनाउन, त्यसमा कोडिङ गर्न सिकेका छन् ।
विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज जोशीले विद्यार्थीलाई नविनत प्रविधिसंग जोडेर सिकाई कार्य गराउन कार्यशाला गरिएको बताए ।
‘यो एक प्रकारको नविनतम प्रविधिसित विद्यार्थीहरुको सिकाई कार्य हो’ प्रिन्सिल जोशीले भने,‘यसमा रोबोट कसरी बन्छ, यसको प्रोग्राम कसरी सेट हुन्छ, त्यसले कसरी काम गर्छ भन्ने सबै जानकारी थाह पाएर रोबोट निर्माण गरी समापनमा उनीहरूले निर्माण गरेका रोबर्ट बीच फुटबल प्रतियोगिता नै गरियो ।’
कार्यशालाले विद्यार्थी आफैंले आफै...












