Advertisement

कञ्चनपुरका पालिकाकाहरुले कसले कति बजेट ल्याए ?

महेन्द्रनगर–कञ्चनपुर जिल्लाका नौ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि नीति, कार्यक्रम र बजेट ल्याएका छन् । कञ्चनपुर जिल्लाका पालिकाहरुले गतविगत बर्षझै यस बर्ष पनि विगत बर्षहरुका कार्यक्रममलाई निरन्तरता दिईएको पाईएको छ । नौ वटै पालिकाको बजेट जोड्दा ७ अर्ब नाघेको छ । सबैभन्दा बढि भीमदत्त नगरपालिकाको छ भने सबैभन्दा कम लालझाडी गाउँपालिकाको रहेको छ । भीमदत्त नगरपालिकाले १ अर्ब ९३ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ भने लालझाडी गाउपालिकाले ४३ करोड रकम मात्रै नगरसभाबाट पारित गरेको छ ।

कञ्चनपुर जिल्लाको सबैभन्दा पुरानो नगरपालिका भीमदत्त नगरपालिकाले मंगलबार १७औँ नगर सभामार्फत १ अर्ब ९३ करोड रुपैयाँको बजेट पारित गरेको छ । नगरपालिकाले छोरी बुहारीलाई उच्च शिक्षामा छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रमसहित शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिएको जनाएको छ ।

कृष्णपुर नगरपालिकाले १७औ नगर सभाबाट १ अर्ब १ करोड रुपैयाँ बराबरको बजेट पारित गरेको छ भने वेदकोट नगरपालिकाले १७औ नगर सभाबाट ९८ करोड ६५ लाख बराबरको बजेट पारित गरेको छ । दुवै नगरपालिकाले शिक्षा र स्वास्थ्य लगायतका सामाजिक सेवा क्षेत्रमा प्राथमिकता दिएको बताइएको छ ।

त्यसैगरी शुक्लाफाँटा नगरपालिकाले २०औ नगर सभाबाट९२ करोड रुपैयाँ बराबरको बजेट र पुनर्वास नगरपालिकाले १७औ नगर सभाबाट ७५ करोड ७७ लाख बराबरको बजेट पारित गरेका छन् । बेलडाँडी गाउँपालिकाले १७औ गाउँ सभाबाट ५४ करोड ५० लाख रुपैयाँको बजेट पारित गरेको छ । गाउँपालिकाले अढाई दशकयता दलदलमा परिणत भएको डेढ हजार बिघा भन्दा बढी खेतीयोग्य जमिनलाई पुनरुत्पादन लागि ठोस कदम चाल्ने जनाएको छ ।

यसअघि बेलौरी नगरपालिका १५औ नगर सभा र दोधाराचाँदनी नगरपालिकाले आइतबार १४औ नगर सभा सम्पन्न गर्दै दुवैले ७६ करोड रुपैयाँ बराबरको बजेट पारित गरेका थिए । बाढीका कारण डुबानको जोखिममा पर्ने यी दुवै पालिकाहरूले विपद् व्यवस्थापन र पूर्व तयारीमा विशेष प्राथमिकता दिएको जनाइएको छ ।

लालझाडी गाउँपालिकाले भने शुक्रबार नीति तथा कार्यक्रम र सोमबार १७औ गाउँ सभाबाट बजेट सार्वजनिक गर्दै ४३ करोड ६५ लाख रुपैयाँको बजेट पारित गरेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज