Advertisement

Breaking News 1

महाकाली बहुप्राविधिक शिक्षालयले विस्तार गर्‍यो सहकार्यको दायरा, अस्पताल र ल्याबसँग सम्झौता

महाकाली बहुप्राविधिक शिक्षालयले विस्तार गर्‍यो सहकार्यको दायरा, अस्पताल र ल्याबसँग सम्झौता

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुरस्थित महाकाली बहुप्राविधिक शिक्षालयले स्वास्थ्य सेवा तथा प्राविधिक जनशक्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाउन विभिन्न स्वास्थ्य संस्थासँग सहकार्य विस्तार गरेको छ। शिक्षालयले बुधबार मन्त्र अस्पताल तथा युनाइटेड ल्याबोरेटरी एण्ड डायग्नोस्टिक सेन्टरसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्दै कर्मचारी, शिक्षक र विद्यार्थीलाई स्वास्थ्य सेवामा सहुलियत उपलब्ध गराउने तथा आवश्यक जनशक्ति व्यवस्थापनमा सहकार्य गर्ने सहमति गरेको हो। सम्झौताअनुसार शिक्षालयका कर्मचारी, शिक्षक तथा विद्यार्थीले मन्त्र अस्पतालमा उपचार सेवा लिँदा १० देखि २५ प्रतिशतसम्म छुट पाउनेछन्। साथै अस्पताललाई आवश्यक पर्ने जनशक्तिमा शिक्षालयबाट उत्पादित दक्ष जनशक्तिलाई प्राथमिकता दिइने व्यवस्था गरिएको छ। त्यसैगरी युनाइटेड ल्याबोरेटरी एण्ड डायग्नोस्टिक सेन्टरले पनि शिक्षालयसँग सेवा शुल्कमा १० प्रतिशत छुट दिने तथा आव...
होली फेम्ली राष्टिय ‘स्कूल लेभल च्याम्पियनशिप’ को उपाधि बात्सल्या विद्या निकेतनलाई

होली फेम्ली राष्टिय ‘स्कूल लेभल च्याम्पियनशिप’ को उपाधि बात्सल्या विद्या निकेतनलाई

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - होली फेम्ली राष्टिय 'स्कूल लेभल च्याम्पियनशिप' को उपाधि बात्सल्या विद्या निकेतनले जितेको छ । सोमबार भएको फाइनल खेलमा आयोजक होली फेमलीलाई ३५ रन अन्तरले पराजित गर्दै वात्सल्य विद्या निकेतन बेलौरी च्याम्पियन भएको हो । प्रतियोगिताको फाइनलमा ३५ रनको हार बेहोरेको आयोजक होली फेमलीले उप विजेतामा चित्त बुझाएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको वात्सल्यले निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा ११८ रनको योगफल खडा गर्यो । टिमका लागि बात्सल्याका मानव बिष्टले ६० रन, हिमाल पन्तले २३ रनको योगदान दिए । होली फेमलीका सागर गिरीले २ , कप्तान मुकेश जोशी र भानुभक्त ऐरीले सामान १/१ विकेट लिए । माध्यम लक्ष पछ्याएको आयोजक होली फेमली १७.५ ओभरको खेलको समाप्तिमा सबै विकेट गुमाउँदै ८३ रनमा प्याक भयो । हरीश बुढाले ३६ रन, निरज पन्तले २४ रन बनाए पनि जीतका लागी प्रयाप्त भएन । वालिङ तर्फ वात्सल...
पेसवानको सामाजिक परीक्षण कार्यक्रम

पेसवानको सामाजिक परीक्षण कार्यक्रम

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–गैर सरकारी संस्था वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान)ले आफ्नो वार्षिक सामाजिक परीक्षण कार्यक्रम गरेको छ । प्लान इन्टरनेशनलको सहयोगमा संस्थाले भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका ३÷३ वडामा उत्थानशिल भविष्य बालविवाहको अन्त्य परियोजना सञ्चालन गर्दै आएको छ । आईतबार कार्यक्रम अन्र्तगत गरिएका दुबै स्थानीय तहमा गरिएको विभिन्न गतिविधि तथा उपलब्धिको सामाजिक परीक्षण गरिएको हो । ्संस्थाका अध्यष डा. तिलमाया खरेल ढकालको अध्यक्षतामा गरिएको कार्यक्रममा भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशी सहित कार्यक्रम सञ्चालित दुबै पालिकाका वडाका जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी र किशोरी समूहका सदस्य सहभागी भएका छन् । कार्यक्रममा संस्थाका कार्य समिति सदस्य दमन चन्दले संस्थाको परिचय गराए । पेसवान सन् २०२२ मा स्थापना गरिएको थियो । कार्यक्रममार्फत संस्थाको आय–व्यय, उपलब्धि, ...
होली फेम्लि राष्ट्रिय क्रिकेट ‘स्कूल लेभल च्याम्पियनसिप’ को फाइनलमा होली फेम्ली र वात्सल्या भिड्ने

होली फेम्लि राष्ट्रिय क्रिकेट ‘स्कूल लेभल च्याम्पियनसिप’ को फाइनलमा होली फेम्ली र वात्सल्या भिड्ने

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर- होली फेम्लि राष्ट्रिय क्रिकेट ‘स्कूल लेभल च्याम्पियनसिप’ अन्तरगत सोमबार होलीफेम्लि र बात्सल्या विद्या निकेतनविच फाईनल खेल हुने भएको छ । होली फेम्लिले महाकाली सेकेण्ड्री स्कुललाई ३१ रनले पाखा लगाउदै र बात्सल्या विद्या निकेतनले महेन्द्रनगर मावि साधारणलाई १२ रनले पाखा लगाउदै फाईन यात्रा तय गरेका हुन् । पहिलो सेमिफाईन खेलमा टस जितेर ब्याटिङ्ग रोजेको होली फेम्लिले निर्धारीत २० ओभरको खेलको समाप्तीमा ९ विकेट गुमाउदै १ सय ७ रनको योगफल खडा गरेको थियो । होली फेम्लिका हरिश बुढाले ३७, विनय पाण्डेयले १६ रन र मुकेश जोशीले १९ रन जोडे । महाकालीका प्रिसियस मल्लले ३, निज कुवरले २ विकेट लिए । मध्यम लक्ष्य पछ्याउदै जवाफि व्याटिङ्ग गरेको महाकाली सेकेण्ड्री स्कुल १२.३ ओभरमै अलआउट हुदै ७६ रनमा प्याक भयो । होलिफेम्लिका लक्ष्मण नाथले महत्वपूर्ण ४ विकेट लिए । तपन अवस्थीले २ विकेट लिन सफल भए । दोस...
पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - नेपाल पत्रकार महासंघ बझाङ शाखाको अध्यक्ष पदमा ललित सिंहले पदभार ग्रहण गर्ने भएका छन्। महासंघको अघिल्लो निर्वाचनमा तत्कालीन अध्यक्ष डिबी बिष्ट र ललित सिंहले बराबर मत प्राप्त गरेका थिए। बराबरी मत आएपछि चिठ्ठा प्रक्रियामार्फत पहिलो र दोस्रो कार्यकालका लागि अध्यक्षको जिम्मेवारी बाँडफाँट गरिएको थियो। चिठ्ठा प्रक्रियाबाट डिबी बिष्ट पहिलो १८ महिनाका लागि अध्यक्ष चयन भएका थिए भने अब उनको कार्यकाल समाप्त हुन लागेकाले ललित सिंहले बाँकी १८ महिनाका लागि अध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका छन्। ललित सिंहको पदभार ग्रहण कार्यक्रम असार १ गते साेमबारका लागि तय गरिएको छ। यससँगै महासंघ बझाङले पूर्वनिर्धारित सहमतिअनुसार नेतृत्व हस्तान्तरण प्रक्रिया पूरा गर्न लागेको हो।...
उत्तम चन्द स्मृति प्रतिस्ठान कंचनपुरको प्रथम साधारण सभा सम्पन्न

उत्तम चन्द स्मृति प्रतिस्ठान कंचनपुरको प्रथम साधारण सभा सम्पन्न

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - उत्तम चन्द स्मृति प्रतिस्ठान कंचनपुरको प्रथम साधारण सभा सम्पन्न भएको छ । शनिबार वैजनाथ माविको सभाहलमा उत्तम चन्द स्मृति प्रतिस्ठान कंचनपुरका अध्यक्ष एबं पूर्ब डिआईजी गणेश चन्दको अध्यक्षता र वैजनाथ मावि का पूर्ब सहायक प्रधानाध्यापक वीर बहादुर चन्दको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न गरिएको हो । उक्त साधारण सभाबाट प्रतिष्ठानको नयाँ कार्य समिति/सञ्चालन समिति चयन गरिएको छ । प्रतिष्ठानको अध्यक्षमा पुनः गणेश चन्द सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा नारा जोशी, सचिवमा राम चन्द्र भट्ट, कोषाध्यक्षमा नारायण बहादुर चन्द चयन भएका छन् । त्यसैगरी सदस्यमा गजेन्द्र देब लेखक शुसिला स्वार बिरेन्द्र प्रशाद तिवारी चयन भएका छन् । भने सल्लाहकार सँयोजकमा सुभाष बहादुर सिंह चयन भएका हुन् । नयाँ कार्य समितिले वैजनाथ माविमा ५०० जना अटाउने मेगा हल निर्माण गर्ने निर्णय गरेको छ ।...
होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप : बर्साले दुई खेल रद्द,  महेन्द्रनगर नमुना र वात्सल्य विजयी

होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप : बर्साले दुई खेल रद्द, महेन्द्रनगर नमुना र वात्सल्य विजयी

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप अन्तरगत आज वर्षका कारण दुई खेल रद्द भएका छन्। भने महेन्द्र नमुना मावि र वात्सल्य विद्या निकेतन विजयी भएका छन् । शुक्रबार महाकाली सेकेन्डरी स्कुल र नवप्रतिभा सेकेन्डरी स्कुल बीच हुने भनिएको खेल एवं लिटिल स्टार पब्लिक स्कुल र ज्ञानुदय पब्लिक एकेडेमी बीचको खेल बर्साका कारण रद्द भएका हुन् । चारै टिमले एक/एक अङ्क बाँडेका छन् । वर्षा रोकिएपछि भएको लिटिल बुद्ध एकेडेमी र महेन्द्रनगर नमुना मावि बीचको खेलमा महेन्द्रनगर नमुना माविले जित हात पारेको छ । टस जितेर पहिलो फिल्डिङ रोजेको नमुना माविले लिटिल बुद्ध एकेडेमीलाई ८.४ ओभरमै ४७ रनमा रोकेको थियो। लिटिल बुद्ध एकेडेमीका एकजना खेलाडीले १८ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अङ्क समेत बनाउन सकेनन् । महेन्द्र नमुना माभिका खेलाडीले उनीहरूलाई घुँडा टेकाएका हुन् । महेन्द्र नमुना माविका तर...
होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिपको दोस्रो दिन : लिटिल बुद्ध, कञ्चनजंघा र महाकाली सेकेन्डरी विजयी

होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिपको दोस्रो दिन : लिटिल बुद्ध, कञ्चनजंघा र महाकाली सेकेन्डरी विजयी

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर - होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिपको दोस्रो दिन भएको पहिलो खेलमा लिटिल बुद्ध एकेडेमी विजय भएको छ। टस जितेर पहिलो ब्याटिङ गरेको लिटिल बुद्ध एकेडेमीले सत्यवादी सेकेन्डरी स्कुललाई ७१ रनले पराजित गरेको हो। टस जितेर पहिलो ब्याटिङ गरेको लिटिल बुद्ध एकेडेमीले १४ ओभरमा १४७ रन बनायो । लिटिल बुद्धका शुभम खड्का ५० मनिष ठगुण्डास ४८ रनको योगदान दिए। बलिङतर्फ सत्यवादीका सुवास खड्काले दुई विकेट लिए । जवाबी ब्याटिङमा उत्रिएको सत्यवादी सेकेन्डरी स्कुल १४.२ ओभर मा अलाउट हुँदै ७६ रनमा प्याक भयो। सत्यवादीका लागि निश्चलचन्द ले २७ रन बनाउनु बाहेक अन्यको ब्याटिङ बिर्सन लायक रह्यो । दोस्रो खेलमा कञ्चनजंगा बोर्डिङ स्कूलले लिटिल स्टारलाई ४ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको लिटिल स्टारले १४.३ बलमा अलआउट हुँदै ९२ रनको योगफल बनायो । कप्तान सुरज धामीले ५३ रन बनाए । कञ्च...
एयर राइफल विधामा कञ्चनपुरका चन्दले जिते रजत पदक

एयर राइफल विधामा कञ्चनपुरका चन्दले जिते रजत पदक

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ गोबरियाका युवा सुनिल चन्दले काठमाडौंमा सम्पन्न २७औँ पुरुष राष्ट्रिय सुटिङ च्याम्पियनसिप–२०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जित्न सफल भएका छन् । काठमाडौंको नेशनल स्पोर्ट्स कम्प्लेक्स, सातदोबाटोमा जेठ २३ देखि २५ गतेसम्म सञ्चालन भएको राष्ट्रिय प्रतियोगितामा पुरुष १० मिटर एयर राइफल विधामा चन्दले दोस्रो स्थान(रजत पदक) हासिल गरेका हुन् । नेशनल सुटिङ च्याम्पियनसिप–२०२६ मा देशका सातवटै प्रदेश तथा तीन विभागीय टोली गरी कुल १० टोलीको सहभागिता रहेको थियो। प्रतियोगितामा १० टिमका ४०/४० महिला पुरुष  गरी ८० जनाले प्रतिस्पर्धा गरेका थिए ।   रहेको थियो। सुनिल चन्दले हासिल गरेको सफलता सुदूरपश्चिम प्रदेशकै लागि गौरवको विषय बनेको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ गोबरियाका स्थायी बासिन्दा चन्दले आफ्नो प्रारम्भिक तथा माध्यमिक शिक्षा महेन्द्रनगरस्थ...
स्कुल लेबल च्याम्पियनसिप सुरु, कञ्चनपुरका १६ स्कूलको सहभागिता

स्कुल लेबल च्याम्पियनसिप सुरु, कञ्चनपुरका १६ स्कूलको सहभागिता

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुर जिल्लामा जिल्ला क्रिकेट संघ कञ्चनपुरको आयोजनामा होली फेम्ली राष्टिय क्रिकेट 'स्कुल लेबल च्याम्पियनसिप सुरु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका ९ स्थित होली फेेम्ली इङ्लिस मिडियम स्कुलको प्राङ्गणमा सोमबारदेखि सञ्चालन भएको क्रिकेट प्रतियोगिताको जिल्ला क्रिकेट सङ्घ कन्चनपुरका अध्यक्ष विरेन्द्र चन्दको सभापतित्व एबं संघका सुप प्रदेश सल्लाहकार भूपाल सिंह बिष्टको प्रमुख आतिथ्यतामा होली फेम्ली राष्टिय क्रिकेट स्कुल लेभल च्याम्पियनसिपको समुदघाटन गरिएको हो । कार्यक्रममा विशिष्ठ अतिथि प्याब्सन कञ्चनपुर जिल्ला अध्यक्ष महादेव प्रसाद भट्ट र होली फेम्ली इंग्लिश मिडियम स्कूलका सहायक प्रिन्सिपल हरीश ठगुन्न रहेका छन् । उक्त कार्यक्रमको संञ्चालन जिल्ला क्रिकेट संघका सचिव विशाल सोनारले गरे । उदघाटन समारोहका दिन तीन खेल सम्पन्न भएका छन् । उदघाटन खेलम होली फोली इंङ्गि‌लय मिडियम...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज