२१ बर्षपछि ज्यान मुद्दाका फरार कैदी पक्राउ
महेन्द्रनगर–प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार कैदीलाई २१ वर्षपछि पक्राउ गरेको छ । कैलालीको साविकको रामशिखरझाला–७ हाल घोडाघोडी नगरपालिका–४ का छत्रबहादुर रावललाई फरार भएको लामोसमयपछि प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्याालय कैलालीका अनुसार आइतवार निज रावललाई जिल्ला कारागार कार्यालय कैलाली पठाई सकिएको छ ।
कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट जन्मकैद र उच्च अदालतबाट १० वर्ष कैद सजाय पाई कारागार कार्यालय कैलालीमा कैद भुक्तान गरिरहेको अवस्थामा २०६१ सालमा रावल फरार भएका थिए ।
तत्कालीन नेकपा(माओवादी)ले कारागारमा आक्रमण गर्दा फरार भएका रावललाई २०६६ सालमा सर्वोच्च अदालतले १० वर्ष कैद सजाए गरेको थियो । फरार रावललाई भदौ ११ गते माघी गाउँबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी रमेशदत्त अवस्थीले बताए ।...




















