काठमाडौं – पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार साझ उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । त्यस्तै, उनको शपथ ग्रहण आजै राति ९ बजे हुने राष्ट्रिपति कार्यालयले जनाएको छ ।
२५ भाद्र २०८२, बुधबार२५ भाद्र २०८२, बुधबार२५ भाद्र २०८२, बुधबार by नयाँ खबरNo Comments
काठमाण्डौ–नेपाली सेनाले सुरक्षाको जिम्मेवारी लिएपछि लुटपाट र आगजनी जस्ता विध्वंसात्मक गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरेको छ । मंगलबार रातिदेखि बुधबार बिहानसम्मको कारबाहीमा सेनाले ठूलो परिमाणमा नगद र हतियारसहित मानिसहरुलाई पक्राउ गरेको हो ।
सेनाले जारी गरेको सुरक्षा अपडेट अनुसार मंगलबार राति १० बजेदेखि बुधबार बिहान १० बजेसम्मको अवधिमा काठमाडौंसहित देशका विभिन्न स्थानमा लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले अराजक गतिविधिमा संलग्न रहेका व्यक्तिहरु पक्राउ गरीएको सेनाले जनाएको छ ।
कारबाहीका क्रममा काठमाडौंको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूको साथबाट ३३ लाख ७० हजार रुपैयाँ नगद बरामद गरिएको छ । यसैगरी, सुरक्षाकर्मीले काठमाडौंका विभिन्न स्थानबाट २३ नाल र पोखराबाट ८ नाल गरी जम्मा ३१ नाल विभिन्न किसिमका हतियार, म्यागजिन र गोलीगठ्ठा बरामद गरेको छ।...
२५ भाद्र २०८२, बुधबार२५ भाद्र २०८२, बुधबार२५ भाद्र २०८२, बुधबार by नयाँ खबरNo Comments
काठमाण्डौ–नेपाली सेनाले बुधबार साँझसम्म देशभर निषेधाज्ञा र त्यसपछि भोलि विहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ । जेनजी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा अराजक र हिंसात्मक गतिविधि बढेपछि शान्ति सुरक्षाका लागि उक्त कदम चालिएको सेनाले जनाएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति जारी गर्दै भदौ २५ गते साँझ ५ बजेसम्म निषेधाज्ञा र त्यसपछि भदौ २६ गते बिहान ६ बजेसम्म कर्फ्यू लगाईएको जनाएको छ ।
सेनाले आन्दोलनको नाममा विभिन्न व्यक्ति तथा समूहहरूले व्यक्तिगत र सार्वजनिक सम्पत्तिमा घुसपैठ, तोडफोड, आगजनी, लुटपाट र बलात्कारको प्रयास जस्ता गम्भीर आपराधिक क्रियाकलाप गरिरहेकोले देशको समग्र शान्ति सुरक्षालाई मध्यनजर गर्दै कर्फ्यू लगाईएको स्पष्ट पारेको छ ।
निषेधाज्ञा र कर्फ्यू अवधिभर एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका सवारी साधन जस्ता अत्यावश्यक सेवाहरू सञ्...
२४ भाद्र २०८२, मंगलवार२४ भाद्र २०८२, मंगलवार२४ भाद्र २०८२, मंगलवार by नयाँ खबरNo Comments
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा जेनजी आन्दोलनकारीले ठूला दुई दलका कार्यालय, नेता र जनप्रतिनिधिलाई तार्केट बनाए । काठमाण्डौमा सोमबार भएको जेनजीको आन्दोलनलाई प्रहरी प्रशासनद्धारा दमन गरियो । फलस्वरुप १९ जना कलिला विद्यार्थीहरुको ज्यान जादा मंगलबार आन्दोलनले उग्ररुप लिएको हो । कञ्चनपुर लगायत सत्तारुढ दलका शिर्ष नेता, कार्यकर्ता, पार्टी कार्यालय लगायत आन्दोलनकारीको तार्केटमा रहे ।
आन्दोलनकारीहरुले कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का साँसद एवं निवर्तमान गृहमन्त्री रमेश लेखकको जानकी टोल र बेदकोट नगरपालिका ८ स्थित घरमा तोडफोड र आगजनी गरे भने भीमदत्त नगरपालिका ६ ऐंठपुरस्थित रहेको सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलको घरमा तोडफोडसंगै आगजनी गरे ।
दिउसो २ बजिसकेपछि आन्दोलनकारीहरुले सुदूरपश्चिम सरकारका पूर्व आर्थिक मामिला मन्त्री प्रकाश रावलको खैरेनीस्थित घरमा पनि आगजनी र तो...
२४ भाद्र २०८२, मंगलवार२४ भाद्र २०८२, मंगलवार२४ भाद्र २०८२, मंगलवार by नयाँ खबरNo Comments
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले देशको विषम परिस्थितिमा जेनजिले उठाएका माग हरु समाधान गर्न जेनजी प्रतिनिधिहरुलाई बर्तामा आउन आह्वान गरेका छन् । मंगलबार जारी अपिलमा उनले लोकतन्त्रमा नागरिकले उठाएका मागहरू वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमता अपनाउन आग्रह गर्दै राष्ट्रपति पौडेलले प्रेस नोटमा भनेका छन् ‘प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको अवस्थामा मुलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।’
उनले जेन्जीका प्रतिनिधिसहित सबै सरोकारवालासँग वार्तामार्फत् समस्याको समाधान गर्न सकिने विश्वास व्यक्त गर्दै संयमित हुन आह्वान गरेका छन् ।...
२४ भाद्र २०८२, मंगलवार२४ भाद्र २०८२, मंगलवार२४ भाद्र २०८२, मंगलवार by नयाँ खबरNo Comments
काठमाण्डौ –नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै संयमता अपनाउन अपिल गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार ५ बजे जारी गरेको अपिलमा दिवंगत आत्माप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति संवेदना व्यक्त गरिएको गरीनुका साथै आन्दोलनका क्रममा घाइते भएका विरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरीएको छ । साथै सेनाले विद्यमान अवस्थालाई थप जटिल हुन नदिन सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई आग्रह गरेको छ ।
''देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण हामी सबैको साझा दायित्व हो,'' सेनाको अपिलमा भनिएको छ, ''यस विषम परिस्थितिमा संयमित रहन सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछौं।''
नेपाली सेनाले परिस्थितिको निरन्तर विश्लेषण भइरहेको पनि जनाएको छ । त्यसैगरी सेनाले राष्ट्र र ...
२४ भाद्र २०८२, मंगलवार२४ भाद्र २०८२, मंगलवार२४ भाद्र २०८२, मंगलवार by नयाँ खबरNo Comments
काठमाण्डौ– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेन जी प्रदर्शनकारीहरूलाई घर फर्कन अपिल गरेका छन् । उनले सामाजिक सञ्जालबाट जेन–जी प्रदर्शनकारीहरूलाई अपिल गर्दै भनेका छन्, प्लिज, जेनजी, देश तपाईंहरूकै हातमा हो । तपाईंहरूले नै बनाउने हो ।’ उनले अगाडि थपे, ‘अब जति क्षति हुन्छ, तपाईं हाम्रो हुने हो । अब घर फर्कनुस् ।’...
२४ भाद्र २०८२, मंगलवार२४ भाद्र २०८२, मंगलवार२४ भाद्र २०८२, मंगलवार by नयाँ खबरNo Comments
धनगढी – कैलाली कारागार सबै कैदीबन्दी निस्किएका छन् । आन्दोलनमा उत्रिएका जेनजीसहितका प्रदर्शनकारीले कारागार कब्जा गरेपछि उनीहरु निस्किएका हुन् ।
यो कारागारमा केही समयअघि मात्रै दुई समूहबीच झडप भएको थियो । त्यतिबेला पनि कैदीबन्दीले नियन्त्रणमा लिएका थिए ।
२४ भाद्र २०८२, मंगलवार२४ भाद्र २०८२, मंगलवार२४ भाद्र २०८२, मंगलवार by नयाँ खबरNo Comments
काठमाडौँ –जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् । सुरक्षा स्रोतले केहीबेरअघि राष्ट्रपति भवनमा आगजनी भएको जानकारी दियो। यसबारे थप विवरण आउन बाँकी छ ।
२४ भाद्र २०८२, मंगलवार२४ भाद्र २०८२, मंगलवार२४ भाद्र २०८२, मंगलवार by नयाँ खबरNo Comments
काठमाडौँ – प्रदर्शनकारीहरुले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पतीमाथि कुटपिट गरेका छन् । मंगलबार प्रदर्शनमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् । जेनजी युवाहरूले सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका छन् । अहिले उनीहरुले देशभर प्रदर्शन गरिरहेका छन् ।...