चैत २५ गते महेन्द्रनगरमा ‘एड–टेक राउन्डटेबल’को आयोजना हुदै
रिदम पन्त, महेन्द्रनगर : महेन्द्रनगरमा चैत्र २५ गते ‘एड–टेक राउण्डटेवल’ आयोजना गरीएको छ । ‘फर दी फ्युचर अफ एजुकेसन ईन नेपाल’ भन्ने मुल नाराकासाथ नोट स्विप्ट प्रालीको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।
शनिबार महेन्द्रनगरमा नोट स्विप्ट प्रालिका संथापक विकास पाण्डेयले पत्रकार सम्मेलनको आयोजना गरी ग्रामिण शिक्षा प्रणालीमा विद्यमान चुनौतीहरु पहिचान गर्दै दिगो प्रविधिमैत्री समाधान विकास गर्ने उदेश्यका साथ ‘एड–टेक राउण्डटेवल’ कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँले उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशलाई आधार बनाई शिक्षा क्षेत्रमा काम गरीरहेका प्रतिष्ठित दश जना विज्ञहरु सहभागि हुने बताउनुभयो । कार्यक्रममा प्रतुत भएका दश जना विज्ञहरुका अनुभव, चुनौती र समाधानका लागि नितिनिर्माणका लागि दिने सल्लाह सुझावलाई ग्रिहमन्त्रीसहित प्रधानमन्त्रीलाई बझाउने संस्थापक पाण्डेयले बताउनुभयो ।...




















