Advertisement

नगर अस्पतालमा फार्मेसी र प्रयोगशाला चौबिसै घण्टा सञ्चालनमा ल्याईने

महेन्द्रनगर–कञ्चनपुरको दोधारा चादनी गरपालिकास्थीत दोधारा चाँदनी नगर अस्पतालमा चौबिसै घण्टा फार्मेसी र प्रयोगशाला सेवा संञ्चालनमा ल्याईने भएको छ । नगर अस्पतालमा चौबिसै घण्टा फार्मेसी सेवा र प्रयोगशाला सेवा सञ्चालन गरीने नगर अस्पतालका कार्यलय प्रमुख डा. जिवन किरण स्नेहीले बताउनुभयो । अस्पतालमा बिहान १० बजे देखि साँझ ५ बजे सम्म मात्र फार्मेसी र प्रयोगशाला सेवा सञ्चालनमा छ । ‘चाडै नै चौबिसै घण्टा फार्मेसी र प्रयोगशाला सेवा सुरु गछौँ,’ कार्यालय प्रमुख डा. स्नेहीले भन्नुभयो ‘अस्पतालमा आउने बिरामी तथा सेवाग्राहीले बाहिरका महंगा फार्सेमी र प्रयोगशालामा जानु नपरोस् भन्ने उद्देश्यले चौबिसै घण्टा उक्त सेवा प्रदान गर्ने योजना बनाएकाछौ ।’


प्रयोगशाला र फार्मेसी सेवा चौविसै घण्टा सञ्चालनमा अएपछि सेवाग्राहीलाई आवश्यक परेको जुनसुकै बेला पनि प्रयोगशाला र फार्मेसी सेवा पाउने उहाँले बताउनुभयो ।
‘ओपीडी आवरमा मात्रै फार्मेसी सञ्चालन हुने तर ओपडीपछि प्रयोगशाला र फार्मेसी सेवा सञ्चालन नहुदा अस्पतालमा आउने सेवाग्राहीहरु प्रयोगशाला र औषधी किन्नका लागि भौतारिनुपर्ने अवस्थामा कमि आउछ,’डा. स्नेही भन्नुभयो ।
अस्पतालले ल्यावबाट दिसा, पिसाब, खकार, रगत लगाएतका बिभिन्न प्रकारको ल्याव परीक्षण गरिदै आएको अस्पतालका ल्याव टेक्निसियन हर्क बहादुर कुँवरले बताउनुभयो । दैनिक सयौ सेवाग्राहीले ल्याव र फार्मेसी सेवा लिने गरेको टेक्निसियन कुँवरले बताउनुभयो ।
कुनै बेला सामान्य उपचारका लागि पनि दोधाराचादनीका स्थानीय सदरमुकाम महेन्द्रनगर वा भारत तर्फ धाउनु पर्ने समस्या रहेको थियो । अहिले धेरै जसो सेवाहरु नगर अस्पतालबाट प्रदान भईरहेको ल्याव टेक्निसियन कुँवरले बताउनुभयो ।
विगतको तुलनामा नगर अस्पतालको सेवामा निकै सुधार हुदै आएको स्थानियबासीहरुको भनाई रहेको छ् । नगर अस्पतालका लागि १५ सय्या सुविधा सम्पन्न आधुनिक भवन निर्माण भईरहेको र निमार्ण सम्पन्न भएपछि अस्पताल सुबिधा सम्पन्न हुनेछ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज