नयाँ खबर
काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा भगवती न्यौपाने नियुक्त भएकी छन् । घुस ‘डिल’ को अडिओ काण्डमा मुछिएका यसअघिका मन्त्री राजकुमार गुप्ताको राजीनामा स्वीकृतसँगै राष्ट्रियसभामा एमाले प्रमुख सचेतक रहेकी न्यौपानेलाई नियुक्त गरिएको हो ।
प्रधानमन्त्रीको सिफारिसमा न्यौपानेलाई नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्ति निकालेर जनाएको छ । उनी अनेरास्ववियुको विद्यार्थी राजनीतिबाट उदायकी हुन् । अनेम संघ तनहुँको सचिव हुँदै दुई कार्यकाल अध्यक्ष बनिन् । तनहुँ एमालेको जिल्ला सचिव निर्वाह गरेकी न्यौपाने राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको सदस्यसमेत हुन् । न्यौपाने २०७४ सालको स्थानीय तह चुनावमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित भएकी थिइन् ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।