Advertisement

घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ताले दिए राजीनामा

इन्दीप कोइराला, काठमाडौं : घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मंगलबार पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बालुवाटार पुगेर उनले राजीनामा बुझाएका हुन्।
मन्त्री पदबाट राजीनामा दिएलगत्तै गुप्ताले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना भावना सार्वजनिक गरेका छन्। केही दिनदेखि आफ्नो नाम ‘घुस डिल’ सँग जोडेर प्रचार भएको उल्लेख गर्दै उनले आफू त्यसकै शिकार बनेको बताएका छन् ।
गुप्ताले लेखेका छन्, ‘‘बिगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई विदितै छ। कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भए।’’
उनले आफूमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले राजीनामा दिएको बताएका छन्। ‘‘अब लागेका आरोप अनुसन्धान गरेर सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा दिएको छु,’’ गुप्ताको भनाइ छ ।
गुप्ताले आफू प्रविधिको ‘उच्चतम प्रयोग’ को शिकार बनेको दाबी गर्दै अब कोही पनि त्यस्तो शिकार नबुन् भन्ने अपेक्षा व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘‘प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरू कोही पनि नबुन् भन्ने अपेक्षा गर्दै, आजसम्म विभिन्न रूपमा आफुलाई सहयोग गर्नुहुनेहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। ’’
साथै, उनले पार्टीले दिएको जिम्मेवारीप्रति प्रतिबद्धता दोहोर्याएका छन्। “अब फेरि एकपटक देश र जनता प्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाको साथ पूरा गर्ने प्रतिबद्धताको साथ जनताको घर–दैलोमा आउने प्रण गर्दछु,” गुप्ताले फेसबुकमा लेखेका छन् ।
केही दिनअघि कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुखको सरुवा रोक्ने र भूमि समस्या समाधान आयोग कास्कीका अध्यक्ष नियुक्ति गरिदिने भन्दै मन्त्री गुप्ताले ७८ लाख रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएको थियो। उक्त अडियो सार्वजनिक भएपछि उनी चर्को विवादमा मुछिएका थिए ।
पार्टीभित्रैबाट पनि राजीनामा दिन दबाब परेपछि उनले पदबाट अलग हुने निर्णय लिएका हुन्। राजीनामा पछि अब यो प्रकरणमा छानबिन अघि बढ्ने संकेत देखिएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज