नयाँ खबर
महेन्द्रनगर–महेन्द्रनगरको एक प्रतिष्ठित ट्यूसन सेन्टरले विद्यार्थीहरुको चौतर्फी विकास गर्न तथा खेलकुदको बृद्धिविकास गर्न पठनपाठनसंगै खेलकुद अभ्यास गराउन सुरु गरेको छ ।

महेन्द्रनगर गल्ली नं. ३ स्थीत न्यू भिजन ट्यूसन सेन्टरले विद्यार्थीहरुलाई पठनपाठन संगै खेलकुद अभ्यास गराउन सूरु गरेको हो । आज शनिबार सेन्टरमा ट्यूसन पढ्ने विद्यार्थीहरुलाई क्रिकेट खेलको अभ्यास गराईएको ट्यूसन सेन्टरका प्रवन्धक तथा शिक्षक शिवम बस्नेतले बताए ।

‘विद्याथीहरुलाई आजदेखि हामीले खुलामञ्चमा क्रिकेट खेलको अभ्यास गराएका छौँ,’ उनले भने, ‘विद्यार्थीहरुको आन्तरीक क्षमता पहिचानका लागि उनीहरुको चाहनाअनुरुपको खेल अभ्यास गराउने योजनाका साथ खेलकुदलाई पनि प्राथमिकता दिन्छौ, विद्यार्थीहरुलाई प्रत्येक शनिबार खेलकुद गराउने कार्यतालिका बनाएका छौ ।’

न्यू भिजन ट्यूसन सेन्टरले विगत लामो समयदेखि कक्षा ६ देखि कक्षा १० सम्म सबै विषयका ट्यूसन कक्षा संगै विद्यार्थीहरुको चौतर्फी बृद्धिविकासका लागि अतिरिक्त क्रियाकलापमा सहभागिता गराउदै आएको छ । यस सेन्टरमा ट्यूसन पढेका विद्यार्थीहरु एसईईमा राम्रो अंग आर्जन गरी पास हुन सफल भएका छन् ।

परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।