पर्यटन प्रवर्धनका लागि नेपाल–भारत काव्यगोष्ठी २०८२ सम्पन्न
हेमा भट्ट
कञ्चनपुर —पर्यटन प्रवर्धन तथा साहित्य–संस्कृतिको सम्बर्धन गर्ने उद्देश्यका साथ नेपाल–भारत काव्यगोष्ठी २०८२ जेठ ३१ गते शनिबार, कृष्णपुर नगरपालिका–०२, वाणी कञ्चनपुरमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम वडा नं। ०२ कार्यालय, कृष्णपुर नगरपालिकाको मुख्य प्रवर्धनमा तथा श्री उदय साहित्य समाज वाणीको आयोजनामा, अखिल नेपाल लेखक सङ्घ सुदूरपश्चिम प्रदेशको विशेष सहयोगमा सम्पन्न भएको हो।
कार्यक्रममा भारतबाट बरेली, पीलिभीत, खटीमा लगायतका ठाउँबाट आएका साहित्यकारहरूलाई नेपाल–भारत साहित्य सेतु सम्मान प्रदान गरियो। सम्मानित हुनेहरूमा भारतका उपमेन्द्र सक्सेना, सत्यपाल सिंह सजग, राम रतन यादव रतन रहेका थिए।
कार्यक्रमका प्रमुख अतिथि वडा नं। ०२ का अध्यक्ष अर्जुन सिंह साउद, सभाध्यक्ष सिर्जन पाल, विशेष अतिथि तिर्थराज जोशी, कल्याण ओझा, कोपिला शर्मा, जगदीश ओझा तथा अतिथि कलाकार द...
















