Advertisement

गणित/विज्ञान शैक्षिक सामाग्री प्रदर्शनमा सरकारी विद्यालय महेन्द्रनगर नमुना मा.वि. र लक्ष्मी मावि प्रथम

महेन्द्रनगर : जिल्ला स्तरीय अन्तर माध्यमिक गणित/विज्ञान शैक्षिक सामाग्रि प्रदर्शनीमा कञ्चनपुर जिल्लाका सामुदायिक विद्यालय प्रथम भएका छन् । शुक्रवार शान्ति निकेतन माध्यमिक विद्यालयको आयोजना तथा शिक्षा विकास निर्देशनालय दिपायलको समन्वयमा महेन्द्रनगरमा सम्पन्न अन्तर माध्यमिक गणित÷विज्ञान प्रदर्शनीमा महेन्द्रनगर नमुना मावि र लक्ष्मी मावि बागफाटा प्रथम भएको हुन् । विद्यालय तहका विद्यार्थीहरूलाई विज्ञान तथा गणित विषयमा आकर्षण बढाउने उद्देश्यले आयोजना गरीएको प्रदर्शनीमा सरकारी विद्यालय महेन्द्रनगर नमुना मावि विज्ञान विधामा र लक्ष्मी मावि बागफाटा गणित विधामा प्रथम भएको आयोजक विद्यालय शान्ति निकेतन मााविका प्रधानाध्यापक पुस्पराज ओझाले जानकारी दिए । यस्तै विज्ञानविधामा निङलासैनि माध्यामिक विद्यालय द्वितिय, सत्यवादी मावी बनगाउ तृतीय भएको प्रधानाध्यापक ओझाले बताए ।
महेन्द्रनगर नमुना माध्यमिक विद्यालयले लगातार दोस्रो पटक विज्ञान तर्फ प्रथम स्थान हासिल गरेको हो । महेन्द्रनगर नमुना माविले विद्यार्थीहरूलाई विज्ञान सामाग्री निर्माण, कम्प्युटर सम्बन्धी कोर्सका विषयमा विद्यार्थीहरूलाई अध्यापन गराउँदै आएको छ ।

त्यसैगरी गणितविधातर्फ इन्टरनेशनल पब्लिक स्कुल द्धितिय र महेश्वर मावि सुकासाल तृतीय भएका छन् । लक्ष्मीमावि बागफाटा कमजोर विद्यालयको रुपमा दर्जा हुदै आएकोमा प्रमानन्द नाथ विद्यालयको प्रधानाध्यापक भएपछि विद्यालयले शैक्षिक गुणस्तरमा फड्को मारेको छ । प्रधानाध्यापक नाथले आएपछि विद्यालयमा विद्यार्थी संख्या ह्वात्तै बढ्नुको साथै विद्यालयमै गणित पार्क समेत निर्माण गरीएको छ ।

दुवैविधामा समान रुपले प्रथम स्थान प्राप्त गर्ने विद्यालयलाई ४ हजार द्धितियलाई ३ हजार, तृतीयलाई २ हजार र सान्तोना पुरुष्कार एकहजार प्रदान गरिएको आयोजकले जनाएको छ ।
विज्ञान प्रविधिका विभिन्न विद्याहरूको नमूना प्रदर्शनी गरिएको शान्ति निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक पुस्पराज ओझाले जानकारी दिए । जिल्ला स्तरीय विज्ञान तथा गणित विषयमा गरिएको प्रदर्शनीमा विज्ञान प्रर्दशनीमा १५ विद्यालय र गणित प्रर्दशनीमा ९ विद्यालय गरि २४ वटा विद्यालयका विद्यार्थीहरुले निर्माण गरेका गणित र विज्ञानका शैक्षिक सामाग्री प्रदर्शनमा राखिएको उनले बताए । प्रदशनिमा निजि तथा सरकारी विद्यालयहरुको सहभागिता रहेको थियो ।

शैक्षिक सामाग्री मूल्याङ्कनका लागि त्रिभुवन माध्यामिक विद्यालय तिलाचौरका प्रद्यानाध्यापक रमेश कुमार जोशी, निङलाशैनी माध्यामिक विद्यालयका प्रद्यानाध्यापक धनश्याम भट्ट र महेन्द्रनगर माध्यामिक विद्यालयका पुर्व प्रधानाध्यापक ललित सिंह साउद रहनुभएको थियो । सामाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख गोपालदत्त जोशीको प्रमुख आतिथ्यता तथा शान्ती निकेतन माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामदत्त भट्टको सभापतित्वमा शिक्षिका बिमला भट्टले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

काठमाडौं ,जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गर...
पेस्तोलसहित ४ जना पक्राउ

पेस्तोलसहित ४ जना पक्राउ

महेन्द्रनगर - कञ्चनपुर प्रहरीले कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतको वडा प्रहरी ...
कच्ची सडक, कोचाकोच यात्रा

कच्ची सडक, कोचाकोच यात्रा

रनि विवश-  शुक्रबार साझ ६ बजे । देहीमाण्डौ बजारको पूर्वी कुना शान्त थियो । महेन्द्रनगरबाट आएको यात्रु बाहक बस झ्वाम्म रोकियो । देह...
कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

महेन्द्रनगर, साउन १५ - कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशन, महेन्द्रनगरको आयोजनामा खिर दिवसको अवसर पारेर "पेशागत संघ–संस्थाहरूको सा...
चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

काठमाडौँ  : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र...
महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज