Advertisement

‘दैजी–जोगबुडा सडक’ निर्माण कम्पनीको दुहुनो गाई

महेन्द्रनगर –  गत वैशाखको ८ गते दैजी–जोगबुडा सडक खण्डको कञ्चनपुर जिल्ला क्षेत्राधिकार भित्र पर्ने सडक खण्डमा सडक कालो पत्र गर्न ठेक्का सम्झौता भएको ८ बर्ष पुगेको छ । तर उक्त सडकको कार्य प्रगति भने २० प्रतिशत भन्दा कम छ ।

अझ रोचक विषय त के छ भने सडक निर्माण कम्पनीले विभिन्न समयमा गरी सम्झौता भएको रकम मध्ये ८६ प्रतिशत अर्थात १८ करोड ३६ लाख रुपयाँ रकम भुक्तानी लिईसकेको छ ।
यो सडक समयमै निर्माण नहुदा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको गृह जिल्लाका वासिन्दाले सास्ती पाउने गरेका छन् । चार पटक प्रधानमन्त्री भईसकेका शेर बहादुर देउवा भने काठमाण्डाको एसीमा वसेर रमाएकै छन् ।

विसं २०७४ वैशाख ८ मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी नार्गाजुन कन्स्ट्रक्सनसँग रु २१ करोड २६ लाख ५३ हजार रुपयामा ठेक्का सम्झौता भएको उक्त सडक आठ बर्ष वित्दा पनि पाच किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । उक्त सडक खण्डको ठेक्का निर्माण कम्पनीका लागि दुहुनो गाई भएको छ । प्रत्येक बर्ष अलिअलि काम गरेजसो गर्दै भ्यालुसन गराउदै करौडौ रकम निकासा गराउने काम बाहेक सडक निर्माण कार्यमा कुनै पनि प्रगति भएको देखिदैन ।

 

हालसम्म सडक निर्माणका लागि पाँच पटक म्याद थप भएता पनि निर्माण कार्य प्रगति शुन्य रहेको छ । पूर्वाधार विकास कार्यालय महेन्द्रनगरका सूचना अधिकारी लक्ष्मण राज जोशीका अनुसार गत बर्ष यही २०८२ असार २० गतेभित्र निर्माण सम्पन्न गर्ने गरी पाँचौँ पटक म्याद थप गरिएको हो ।
डडेल्धुराको आधा जनसङ्ख्या भएको भित्री मधेसलाई कञ्चनपुरसँग जोड्न यो छोटो दुरीको सडक भीमदत्त राजमार्गको विकल्प समेत हो । तर यस सडकको अभिभावकत्व गर्ने जनप्रतिनिधिको पनि अभाव खड्केको देखिन्छ । भित्रीमधेषबाट निर्वाचित प्रदेश सभा सदस्यहरुले सडक निर्माण कार्यलाई कडाईका साथ गराउनु पर्ने भएता पनि त्यस जिल्लाबाट निर्वाचित प्रदेश सभा सदस्य खगराज भट्ट र तार जोशी कुन दुलोमा लुकेर बसेका छन् जनतालाई अत्तोपत्तो छैन ।

 

भौतिक पुर्वाधार विकास कार्यालय कञ्चनपुर भने यसपालि ठेक्का सम्झौता तोड्ने मोडमा पुगेको छ । हुन त कार्यालयले अघिल्लो बर्ष नै सम्झौता रद्ध गर्ने योजना बनाएता पनि नेताहरुकै दवावमा म्याद थप गर्रीएको एक कर्मचारीले बताए । ‘कार्यालय दुईतिन बर्षअघि नै ठेक्का सम्झौता तोड्ने मनसायमा भएता पनि विभिन्न राजनििितक दलका नेताहरुको आडमा अहिलेसम्म सम्झौता रद्ध गर्न सकिएन ।’ उनले भने ‘यस वर्ष भने कार्यलयले ठेक्का सम्झौता तोड्नका लागि सात दिने सूचना निकालेको र उक्त समयसिमा भित्र निर्माण कम्पनी सम्पर्कमा आएन् सायद दवाव नआए सम्झौता रद्ध हुन्छ होला ।’

 

यस सडकमा पुर्व भौतिक पुर्वाधार मन्त्री पठान सिंह बोहराले सडक निर्माणका लागि ठेक्का प्रक्रियाका लागि बजेटको व्यवस्था गर्ने बाहेक त्यहाबाट निर्वाचित कुनै पनि जनप्रतिनिधिले सडकको अभिभावकत्व ननिभाएको गुनासो स्थानीयको छ ।

 

पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणराज जोशीले सडक निर्माणका लागि पाँचौँ पटक म्याद थप गरिएको भएपनि भौगोलिक विकताका कारण सडक निर्माण सम्पन्न हुन नसकेको बताए ।

 

अघिल्लो बर्ष सुदूरका पहाडि जिल्ला जोड्ने एक मात्र अत्तरीया–डडेल्धुरा सडक खण्ठको भासुभिरमा अवरुद्ध हुदा यो सडक खुलाउने चर्चा चलेको थियो तर खासै कुरा उठ्न सकेनन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

काठमाडौं ,जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गर...
पेस्तोलसहित ४ जना पक्राउ

पेस्तोलसहित ४ जना पक्राउ

महेन्द्रनगर - कञ्चनपुर प्रहरीले कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतको वडा प्रहरी ...
कच्ची सडक, कोचाकोच यात्रा

कच्ची सडक, कोचाकोच यात्रा

रनि विवश-  शुक्रबार साझ ६ बजे । देहीमाण्डौ बजारको पूर्वी कुना शान्त थियो । महेन्द्रनगरबाट आएको यात्रु बाहक बस झ्वाम्म रोकियो । देह...
कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

महेन्द्रनगर, साउन १५ - कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशन, महेन्द्रनगरको आयोजनामा खिर दिवसको अवसर पारेर "पेशागत संघ–संस्थाहरूको सा...
चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

काठमाडौँ  : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र...
महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज