महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्राली को दोस्रो साधारण सभा सुरु
महेन्द्रनगर - महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्राली को दोस्रो साधारण सभा सुरु भएको छ ।
बुधबार महेन्द्रनगरमा महाकाली यातायात बहुउद्देश्यीय कम्पनीको दोस्रो साधारण सभा सुरु भएको छ । कम्पनीका अध्यक्ष डम्बर दत्त पन्त को सभापतित्व तथा नेपाल यातायात राष्टिय व्यवसायी महासंघका अध्यक्ष विजय बहादुर स्वाँरको प्रमुख अतिथ्यता रहेको छ ।
त्यसैगरी विशिष्ट अतिथिमा कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल , जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा प्रमुख तथा एसपी खड्क बहादुर खत्रीलगायत विशिष्ठ अतिथि रहेका छन् ।
नेपाल यातायात राष्टिय व्यवसायी महासंघका अध्यक्ष विजय बहादुर स्वाँरले पानसमा बत्ती बालेर साधारण सभाको समुद्घाटन गरेका छन् ।
कार्यक्रममा विभिन्न यातायात क्षेत्रका दिग्गज व्यक्तित्व अतिथि रहेका थिए । कार्यक्रममा विभिन्न संघ संस्थाका प...












