Advertisement

वडा स्तरीय बालक्लवलाई बाल अधिकार नेतृत्व तथा लागुऔषध दुव्र्यसन नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न

महेन्द्रनगर–वडास्तरीय बाल क्लब लाई बाल अधिकार नेतृत्व विकास तथा लागुऔषध दुव्र्यसन नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार महेन्द्रनगरको ९÷११ होटलमा भीमदत्त नगरपालिका वडा नं १८ को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । भीमदत्त नगरपालिका १८ का अध्यक्ष रविन्द्र देवकोटाले बालबालिकालाई नेतृत्व विकास तालिम, विभिन्न जनचेतना मुलक कार्यक्रमहरुको तालिम दिएर उनिहरुलाई दक्ष बनाउने उदेश्यले तालिम प्रदान गरिएको बताए । बालबालिकाहरु भोलीको नेतृत्व गर्ने तहमा पुग्ने, देशको सर्वाङगिण विकासमा भविष्यमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने भएकाले उनीहरुलाई अहिले देखी नै दक्ष बनाउने उदेश्यले बाल क्लबका सदस्यहरुलाई सचेतना मुलक कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एबम् प्रहरी उप रिक्षक खड्क बहादुर खत्री, योगाचार्य सुरेन्द्र ओझा र भीमदत्त नगरपालिका कानुनी सल्लाहकार वीरेन्द्र बहादुर सिंहले बालबालिकाहरूलाई विभिन्न विषयमा प्रशिक्षण गरेका थिए ।
कानुनी सल्लाहकार वीरेन्द्र बहादुर सिंहले बालबालिका सम्बन्धी कानुनी व्यवस्थाको बारेमा प्रशिक्षण गरेका थिए । नेपालको संविधानमा बालबालिका का विभिन्न प्रकारका हकको बारेमा जानकारी दिए । उनले बालबालिका सम्बन्धी कानुनी व्यवस्थाका बारेमा व्याख्या गर्दै उनले बालबालिकाको सर्वोपरि, शिक्षा, स्वास्थ्यको अधिकार, पारिवारिक संरक्षणमा हुर्कन पाउने अधिकार , दुर्व्यवहार, श्रम शोषण गरिनु हुन्न भन्ने कानुनतः व्यवस्था भएको बताए ।  योगाचार्य सुरेन्द्र राज ओझाले नेतृत्व विकास र योगासम्बन्धी प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीले लागू औषधको कुलतबाट आफू र समाजलाई कसरी जोगाउन सकिन्छ रु तथा साइबर अपराध बात जोगिन के गर्ने रु भन्ने बारेको प्रस्तुतिकरण दिएका थिए ।

उनले प्रहरी कष्टडीमा लागू औषधका मुद्दा बढी भएकाले लागुऔषधको दुर्व्यसनी न्यूनीकरण गर्न बालबालिकाको पनि महत्वपूर्ण भूमिका हुने बताए । ुप्रहरी कष्टडीमा धेरै जसो मानिस लागू औषधको मुद्दाका रहेका छन् ु, उनले भने ुलागू औषधले मानिसको सामाजिक देखि मानसिक र शारीरिक समस्या हुने र अन्य आत्महत्याको केस सम्म हुने भएकाले तपाईंहरूले पनि समाजमा अवार्नेस गर्न सघाउनुपर्यो ।ु टेक्नोलोजीको दुरुपयोग भइरहेको र जसका कारण साइबर क्राइम जस्ता अपराध भइरहेको उनले बताए ।
भीमदत्त नगरपालिका १८ को बाल क्लबका अध्यक्ष भावेश ओेझाले कार्यक्रम अति नै लाभदायिक रहेको बताए । तालिमले सहभागिहरुको जिवनमा निकै ठुलो परिवर्तन गर्ने र आफनो क्षमता विकास पनि भएको उनले बताए । त्यसैगरी कार्यक्रममा सहभागि क्लवकी उपाध्यक्ष अकेसा जोशीले पनि तालिमबाट बालअधिकारको बारेमा थप जानकारी पाएको बताए । उनले लागुपदार्थको बारेमा सचेत भएको र कुन राम्रोबाटो कुन नराम्रो बाटो पहिल्याउन सहयोग मिलेको बताए ।
लागुऔषधको कुलतमा लाग्नबाट कसरी जोगिनुपर्ने रहेछ र त्यसबाट पर्ने प्रभावलगायतका बारेमा जानकारी पाएको र त्यसलाई आफुमा मात्रै नराखी मेरो घरवरीपरका अन्य साथीभाईलाई सचेतना फैलाउने क्लवका सचिव कृतिका भट्टले बताए ।
कार्यक्रममा भीमदत्त नगरपालिका वडा नं १८ का वडाध्यक्ष रवीन्द्र देवकोटा , वडा सदस्य , वडा सचिव दिनेश राज भट्ट लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न विद्यालयमा अध्ययनरत तथा बलकलावमा आबद्ध बालबालिका हरुको सहभागिता थियो । उनीहरुलाई प्रमाण पत्र पनि प्रदान गरीएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

कञ्चनपुर - बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले उपचार खर्च सहयोग गरेका छन । सरकारी ...
दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

महेन्द्रनगर, — एनएमबी बैंक लिमिटेड, शाखा कार्यालय महेन्द्रनगरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत कञ्...
सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

कञ्चनपुर – कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट ख...
गैराबारीको खेतीयोग्य जमिन कटानबाट जोगाउन श्रमदानमा जैविक तटबन्ध निर्माण सुरु

गैराबारीको खेतीयोग्य जमिन कटानबाट जोगाउन श्रमदानमा जैविक तटबन्ध निर्माण सुरु

दोधारा चाँदनी - कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका–८ गैराबारी टोलस्थित नदी किनारमा वर्षाको पानीका कारण भएको कटान नियन्त्रण ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज