महेन्द्रनगर – कंचनपुरको कृष्णपुर स्थायी बसोबास गर्ने तर हाल काठमाडौंमा विभिन्न पेसा, व्यवसाय तथा रोजगारीमा संलग्न व्यक्तिहरूको सक्रिय सहभागितामा आज ‘कृष्णपुर समाज काठमाडौं’ नामक संस्था औपचारिक रूपमा स्थापना गरिएको छ ।

संस्थाको अध्यक्षमा यादव ओझाको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति गठन गरिएको छ। नवगठित कार्यसमितिका अध्यक्ष यादव ओझाले विभिन्न समितिहरू गठन गरी संयोजकहरू तोकिएको जानकारी दिए । संयोजनको जिम्मेवारी निम्नानुसार तोकिएको छ
लेखा संयोजक – सिताराम जोशी
मिडिया समन्वय संयोजक – दिलीप प्रकाश कार्की
कार्यालय व्यवस्थापन संयोजक – श्री चन्द्रा ओझा
विधान मस्यौदा समिति संयोजक – इन्जिनियर तेज बहादुर पाली
स्वास्थ्य तथा रक्तदान समिति संयोजक – रेमन्त भट्ट

अध्यक्ष ओझाका अनुसार संस्थाको वैधानिक प्रक्रिया सम्पन्न भएपछि एक बृहत् भेलाको आयोजना गरि कृष्णपुरका विशिष्ट प्रतिभाहरूलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको जानकारी दिइएको छ । यस संस्थाले काठमाडौंमा रहेका कृष्णपुरवासीहरूबीच एकता, सहकार्य र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्नुका साथै कृष्णपुरको समग्र बिकास, कृष्णपुरबाट उपचार लगायत अन्य काम बिशेषले काठमाडौ आइ अप्ठ्यारोमा परेकाहरुलाइ आबस्यक समन्वय तथा सहजीकरण गर्ने लक्ष्य लिएको छ ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।