Advertisement

गणतन्त्र दिवसको अवसरमा प्रेस चौतारी नेपालद्धारा वृक्षारोपण र शुभकामना आदानप्रदान

महेन्द्रनगर । प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाले १८औ गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी भव्यता र हर्षोल्लासका साथ मनाएको छ । बिहिबार अर्थात जेठ १५ गते १८ औं गणतन्त्र दिवसको अवसरमा प्रेस चौतारी नेपाल कञ्चनपुरले भीमदत्त नगरपालिका वडा नं.१८ सालघारी स्थित इको पार्कमा विभिन्न प्रजातिका बोटविरुवा रोप्दै गणतन्त्र दिवस मनाएको हो । प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाले पार्कमा धुपिसल्ला, रक्तचन्दन र विजयसालका विरुवा रोप्नुको साथै शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

प्रेस चौतारी नेपाल कञ्चनपुरका अध्यक्ष मदन गिरीले गणतन्त्र दिवसको अवसर पारी इको पार्कमा वृक्षारोपण गरिएको बताए । पछिल्लो समय गणतन्त्रलाई उल्टाउँने कुचेष्टा भइरहेकाले त्यसको प्रतिकार स्वरुप आम जनमानसले गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउनुपर्ने प्रेस चौतारी नेपाल कञ्चनपुरका अध्यक्ष गिरीले बताए । गणतन्त्रका उपलब्धिहरुलाई आम जनमानसमा जगजाहेर गर्दे सुनौलो गणतन्त्रका किरणहरुलाई कमलको माध्यमबाट आम जनमानस सम्म पु¥याउन प्रेस चौतारी नेपालले कार्यक्रमको आयोजना गर्दे आएको अध्यक्ष गिरीले बताए ।

 

वृक्षारोपण कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य श्याम भट्ट , केन्द्रिय सदस्य देवराज साउद, पुर्व केन्द्रिय सदस्य, लक्ष्मण तिवारी, धर्मा रोकाया, प्रदेश कोषाध्यक्ष लक्ष्मण पन्त, नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुर अध्यक्ष सुरेश सिह धामी , कोषाध्यक्ष मोहन बिष्ट, प्रेस चौतारी नेपालका अग्रज नेता हरी प्रसाद जोशी, प्रेस चौतारी नेपाल कञ्चनपुर जिल्ला उपाध्यक्ष भुपाल केसी, सचीव धन बहादुर बोहरा लगायत पत्रकारहरुको उपस्थित गरेको थियो ।

यस्तै, वृक्षारोपण कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य नर बहादुर धामी, नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद् सदस्य दिपक प्रकाश भट्ट , प्रदेश कमिटी उपसचिव नर बहादुर विश्वकर्मा, प्रदेश कमिटी सदस्य महेश प्रसाद पन्त, प्रदेश कमिटी सदस्य लक्ष्मी बिक, जिल्ला उपाध्यक्ष जनक अवस्थी, जिल्ला उपसचिव असोक चन्द, भीमदत्त नगरपालिकाका नेकपा एमालेका अध्यष हिमाल चन्द, भीमदत्त नगरपालिका वडा नं. १८ का वडा अध्यक्ष रबिन्द्र देवकोटा, दोधारा चादनी वडा नम्बर ६ का वडा अध्यक्ष ओम बस्नेत लगायत नेताकार्यकर्ताहरुको उपस्थितमा भव्यतापुर्वक वृक्षरोपण गर्दै गणतन्त्र दिवस मनाइएको प्रेस चौतारी नेपाल कञ्चनपुरका उपाध्यक्ष भुपाल केसीले बताए ।

शुभकामना कार्यक्रममा प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य श्याम भट्ट रहेका थिए भने कार्यक्रमको अध्यक्षता प्रेस चौतारी शाखा कञ्चनपुरका जिल्ला अध्यष मदन गीरी रहेका थिए । कार्यक्रममा विशिष्ठ अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य नर बहादुर धामी रहेका थिए ।

त्यसैगरी अतिथिमा नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद् सदस्य दिपक प्रकाश भट्ट , प्रदेश कमिटी उपसचिव नर बहादुर विश्वकर्मा, प्रदेश कमिटी सदस्य महेश प्रसाद पन्त, प्रदेश कमिटी सदस्य लक्ष्मी बिक, जिल्ला उपाध्यक्ष जनक अवस्थी, जिल्ला उपसचिव असोक चन्द, भीमदत्त नगरपालिकाका नेकपा एमालेका अध्यष हिमाल चन्द, भीमदत्त नगरपालिका वडा नं. १८ का वडा अध्यक्ष रबिन्द्र देवकोटा, दोधारा चादनी वडा नम्बर ६ का वडा अध्यक्ष ओम बस्नेत लगायत थिए ।

 

कार्यक्रममा एमालेका केन्द्रिय सदस्य नर बहादुर धामी र चौतारीका केन्द्रिय सदस्य श्याम भट्ट लगायतका नेताले शुभकामना मन्तव्य दिएका थिए । शुभकामना दिने सबैको एउटै धारणा गणतन्त्रमाथि प्रहार भईरहेकोले यसका विरुद्ध सबैले एकजुट भएर लाग्नुपर्ने कुरामा जोड दिए । कार्यक्रमको सञ्चालन प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाका सचिव धन बहादुर बोहराले गरेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज