मेधावि सेकेण्डरी स्कूलका विद्यार्थीहरुले गणतन्त्र दिवस यसरी मनाए
महेन्द्रनगर–मेधावी माध्यमिक विद्यालय महेन्द्रनगरले गणतन्त्र दिवसको अवसरमा महेन्द्रनगर बजारमा प्रभातफेरी, बक्तित्वकला प्रतियोगिता र नयाँ विद्यार्थीहरुहरुलाई स्वागत गरेको छ । बिहिबार १८औ गणततन्त्र दिवसको उपलक्ष्यमा मेधावी माविका विद्यार्थीहरुले महेन्द्रनगरको भाषि, ट्राफिक चोक हुदै जिल्ला कारागार कार्यालय भएर विद्यालयमा पुनःआएर बक्तित्वकला प्रतियोगिता सहित नयाँ विद्यार्थीहरुको स्वागत कार्यक्रम गरेको हो ।
गणतन्त्र दिवसकको अवसरमा विभिन्न कक्षामा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत टिका खादा लगाएर स्वागत गरीएको विद्यालयका कार्यक्रम संयोजक शिवम बस्नेत जानकारी दिए । उनका अनुसार विद्यार्थीहरुविचमा ‘गणतन्त्र’ शिर्षकमा बक्तित्वकला प्रतियोगिता गरीएको र प्रथम, दितिय, तृतिय, तथा सान्त्वना पुरस्कार प्रदान गरीएको छ । प्राथमिक तह र माध्यममिक तहका विद्यार्थीविच फरक फरक प्रतिस्पर्धा गरीएको कार्यक्...












